समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

आज तरकारी र फलफूलको मूल्य कति ?

  शीतलपाटीन्युज डटकम | १६ चैत्र २०७९, बिहीबार ०९:११

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ११० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २३ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, लोकल परवर १०० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रो काउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैयाँ केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ८० रुपैयाँ, भुईँ कटहर १४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३२० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ