समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

कुनै बेलाको गाउँ यसरी बन्यो बजार

  शीतलपाटीन्युज डटकम | १६ चैत्र २०७९, बिहीबार २१:०४

ढोरपाटन–  वरपर खेतीयोग्य जमिन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो। खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानुपर्छ। त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ।

विसं २०५४ मा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुन सकेको थिएन। पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ। कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन्। अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ।

गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताए। उनले एक दशक अगाडिसम्म अक्षतेमा दुई–चारवटा घरमात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाए। साढे दुई दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवासुविधा थपिँदै गएपछि बस्तीसमेत विस्तार हुँदै गएको मल्लको भनाइ छ।

उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउँछन्। ढल व्यवस्थापन, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उनको भनाइ छ। अहिले बजार व्यवस्थापनका खाका नकोरेपछि समस्या आउने मल्ल बताउँछन्। खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उनी सुनाउँछन्।

‘अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नुन–तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पर्थ्यो , बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन,’ मल्लले भने, ‘अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवासुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ।’

स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवासुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताए। पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ। सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक एडीबीले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताए।

‘अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछिपछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घरभवन बन्न थाले,’ उनले भने, ‘अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ।’

काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताए। घर भवन निर्माण लागि मापदण्डसमेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताए। पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाए।

‘गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौँ,’ उनले भने, ‘अब विस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन्।’

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ