समाचार
|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना

मार्चमा भित्रिए एक लाख पर्यटक, कुन देशबाट कति आए ?

  शीतलपाटीन्युज डटकम | १९ चैत्र २०७९, आईतवार २१:०६

काठमाडौं–  मार्च महिना झन्डै एक लाख पर्यटक नेपालमा भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा कुल ९९ हजार चार सय २६ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो संख्या अघिल्लो महिनाको तुलनामा २६ हजार एक सय ७१ जनाले बढी हो। गत फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका थिए।

यस महिना सबैभन्दा धेरै २५ हजार नौ सय ११ जना भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलंकाबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन्।

नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली राष्ट्रहरूबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक आएका छन्।

फेब्रुअरीको तुलनामा जनवरीमा नेपाल भित्रने पर्यटक संख्या कम थियो। जनवरीमा जम्मा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। यस हिसाबमा पछिल्लो समय पर्यटक आगमको संख्या वृद्धि हुँदै गएको देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ