सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा रहेको सप्तकोशी नदीमा नुहाउने क्रममा ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुने ३ जनामध्ये १ जनाको शव भेटिएको छ भने २ जनाको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
नदीमा डुबेर मृत्यु हुनेमा झापा दमक नगरपालिका–९ का २० वर्षीय नवीन न्यौपानेको शव नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने २० वर्षीय राजन गुरागाईं र झापाको दमक नगरपालिका–९ बस्ने २२ वर्षीय रूद्र न्यौपानेको खोजी भइहरेको छ ।
उनीहरू बुधबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
प्रतिक्रिया