काठमाडौं– काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्य रहेकी प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो।
आचार्यलाई किन र कसले चक्कु प्रहार गरेको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक आचार्यले भाँडाकुडाको पसल चलाउँदै आएकी थिइन्।
प्रतिक्रिया