काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको केन्द्रीय प्रहरी कार्यलयले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई संगठित सुन तस्करीको अभियोगमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।
प्रतिक्रिया