काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुुई जना छुटेका छन् ।
मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे थुना मुक्त भएका हुन् ।
स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार थुना मुक्त गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अन्यलाई भने बुधबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको छ ।
प्रतिक्रिया