समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

सर्लाहीको बरहथवामा फेरि बढ्यो तनाव

  शीतलपाटीन्युज डटकम | २२ पुष २०८०, आईतवार १८:२८

काठमाण्डौ– सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार तनाव बडेको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको छ।

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

आफन्त र स्थानीय बासिन्दाले उनको शव उठाउन मानेका छैनन् । आइतबार बिहानैदेखि शव उठाउने विषयमा आन्दोलनरत तथा मृतक परिवार र जिल्ला प्रशासन कार्यालयबीच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको थियो । छलफल भइरहेकै बेलामा बाहिरबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका हुन् ।

भिडियो लिंकको लागि

32A7702C-BFE1-4E7A-ABD8-3AB71D0D2265

शुक्रबार साँझ साहको मृत्युपछिको तनावपूर्ण अवस्थामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । शनिबार पनि दिनभर घरबाहिर हिँडडुलमा प्रतिबन्ध लगाएकामा आइतबार विहान ८ बजेदेखि खुला गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ