समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पोखरा मासिक दौड भब्य : एन्जिला जिटी १२औं पटक लगातार प्रथम

  शीतलपाटीन्युज डटकम | २० मंसिर २०८२, शनिबार १५:५८

शीतलपाटीन्युज डटकम।

पोखरा। नेपाल भूतपूर्व खेलाडी मञ्चलले २० मंसिर आज आयोजना गरेको मासिक दौड अन्तर्गत छात्रा ५ किमि दौडमा एन्जिला जिटी लगातार १२औं पटक प्रथम विजेता बनेकी छन्। मञ्चले आफ्नो रजत वर्षको अवसरमा सुरूवात गरेको मासिक दौडमा उनी निरन्तर विजेता बनेकी हुन्। कास्की कै  मेघराज माविमा अध्ययनरत उनले शनिबार रंगशालामा सम्पन्न दौड २२ः२६ः०७ सेकेण्डको समय लिएर पुरा गरी प्रथम भएकी थिइन् ।

त्यस्तै छात्रातर्फनै गौरी शंकर माविकी कविता मगर दोस्रो र रुवी हमाल तेस्रो भइन्। साथै श्री लक्ष्मी आदर्शकी सोनी गुरूङ चौथो तथा बालोदयकी शेरेना प्रधानाङ्गले पाँचौ स्थान हात पारिन्।

यसै गरी छात्रतर्फ माछापुच्छ्रे माविका इश्वर पुर्जाले १६ः१८ः५१ सेकेण्डमा दौड पुरा गरी पहिलो हुदा सोही विद्यालयका राजिव बास्तोला दोस्रो,बालोदयका प्रतिक वाग्ले तेस्रो,जनप्रियका सन्देश श्रेष्ठ चौथो र सेन्ट फ्रान्सिसका प्रशान्त थापाले पाँचौ स्थान प्राप्त गरेका थिए।

यता मासिक दौडअन्तर्गत शनिबार ५ किमि चालक दौड पनि सम्पन्न भएको छ। सो दौड अन्तर्गत आइलाल शाही पहिलो,बुद्ध बहादुर कंवर दोस्रो,सुरेश नेपाली तेस्रो,शोभकान्त पौडेल चौथो र राज गुरूङले पाँचौ स्थान हासिल गरेका थिए। त्यस्तै महिला चालकतर्फ एक्लो सहभागि विष्णु कुंवरले दौडमा सहभागिता जनाएकी थिइन्।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविन कार्की, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ,निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुली, पोखरेली मञ्च युकेका पूर्व उपाध्यक्ष बाचस्पती रेग्मीलगायतले मेडल,प्रमाणपत्र एवं गिफ्ट ह्याम्पर वितरण गरेका थिए।

मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक कार्कीले समाजमा अनुशासन कायम गर्न खेलकुदको अपरिहार्यता रहेको बताए।त्यस्तै मञ्चका अध्यक्ष गुरूङले स्वस्थ्य नागरिक उत्पादनसंगै समाजमा दौड संस्कृतिबारे सचेतना फैलाउन मासिक दौड अभियानको रुपमा अघि सारिएको जनाउँदै दौड कार्यक्रमलाई पोखराका ३३ वटै वडामा पुर्याउने लक्ष्य लिइएको बताए। उनले फागुन २ मा आयोजना हुने २० औं सस्करणका लागि चालकहरुलाई विशेष सचेतना जगाउन दौडमा सहभागिता गराएको उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ