समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

लन्डनमा माया अवार्ड्सद्वारा सम्मान

  शीतलपाटीन्युज डटकम | २१ मंसिर २०८२, आईतवार ०९:४६

शीतलपाटीन्युज डटकम।
लन्डन। माया इभेन्ट्सले लन्डनमा माया गाला डिनरसहित अवार्ड प्रदान गरेको समाचार छ। शुक्रबार हेजस्थित क्लेरिटियन ओसिस हलमा आयोजित समारोहमा ‘माया सपोर्टेड लिभिङ लि.’ का उत्कृष्ट कर्मचारी र माया क्रिकेट क्लव आवद्ध खेलाडीहरुलाई पुरस्कृत गरियको थियो।

Screenshot

माया सपोर्टेड लिभिङ लि., माया क्रिकेट क्लव र माया इभेन्ट्स युवा उद्यमी दम्पत्ति राज पाण्डे र डा.रक्षा थापाद्वारा सञ्चालित कम्पनी हो। यसबाहेक उहाहरुबाट राष्ट्रिय पोशाक घर पनि सञ्चालित छ।

Screenshot

समारोहमा माया सपोर्टेड लिभिङतर्फ ब्राइट बिगिनर्स अवार्ड विवेक चन्दले पाएका थिए भने साइनिङ स्टार अवार्ड मार्गरेट इमेम थम्पसनलाई प्रदान गरीयो।त्यसैगरि,स्पेशल रिकग्निशन अवार्ड प्रकृत पाण्डे,अफिस जेनियस अवार्ड प्रकाश विष्ट र इम्प्लोइ अफ दि इयर अवार्ड बिपु कार्कीले पाएका थिए।

Screenshot

माया क्रिकेट क्लवतर्फ आउटस्ट्याण्डिङ इनिङ अफ द सिजन अवार्ड अमित कुश्वा,वेष्ट फिल्डर अवार्ड सचिन शर्मा,वेष्ट बलर अवार्ड सन्देश पाण्डे,वेष्ट ब्याट्सम्यान अवार्ड नवीन तामाङ,ट्यालेन्ट अफ द सिजन अवार्ड निर्भिक पाठक र प्लेयर अफ द सिजन अवार्ड प्रकाश विष्टले पाए। अवार्डका लागि तीन जनाको नाम मनोनयन गरि त्यसबाट उत्कृष्ट एकजना छानिएको थियो।

कम्पनीका निर्देशकद्वय राज पाण्डे र डा.रक्षा थापा, अतिथीहरु हरि भट्ट,विकास नेपाल,टंक भट्टराई,जेनिस गिरी,सुनिल थापा,राजन खकुराल लगायतले विजेतालाई ट्रफी,गिफ्ट ह्याम्पर र भौचर प्रदान गरेका थिए।
माया सम्मान समारोहका प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले राज पाण्डे र डा.रक्षा थापाले व्यवसायमात्र नभई सामाजिक सेवामा समेत गरेको निस्वार्थ कार्यप्रति सम्मान व्यक्त गरे।कार्यवाहक राजदूत दुवाडीले पाण्डे दम्पत्तिको क्रिकेट खेल विकास र खेलाडी प्रोत्साहनमा अतुलनीय योगदानको कदर गर्दै उनीहरुले हेटौंडामा बनाउन लागेको स्पोर्टस् सेन्टरका लागि सफलताको लागि शुभकामना समेत दिए।

दुवाडीले नेपाल समृद्धिका लागि डायष्पोरा र विशेषगरि युवा पुस्ताको उल्लेखनीय सहयोग आवश्यक रहेको पनि औंल्याए। सो अवसरमा राज र रक्षाले प्रमुख अतिथी दुवाडीसहित अतिथीहरुको सम्मान गरेका थिए। संक्षिप्त मन्तव्यका क्रममा डा.रक्षा थापाले समस्त कर्मचारीहरुको साथ सहयोगकै कारण आफूहरु कम्पनी सञ्चालन गर्न सफल भएको बताउंदै थप प्रोत्साहनका लागि कर्मचारी र खेलाडीलाई अवार्ड प्रदान गरिएको बताइन्। उनले यस खाले इभेन्टले रोजगारदाता र कर्मचारीबीचको आत्मीय सम्बन्ध झल्काउने पनि उल्लेख गरेकी थिईन।

सहभागी अतिथी र कर्मचारीहरुलाई स्वागत गर्दै राज पाण्डेले आफ्नो कम्पनीमा कार्यरत सबैजना पारिवारिक सदस्य जस्तै भएको बताए। फेबुअरी २०१९, २०२१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले झण्डै दर्जन शाखा छन्। मायाले लर्निङ डिसेबलिटी, अटिजम,मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ 
गर्ने काम गर्छ। यस कम्पनीमा सयौं नेपाली तथा विदेशी कार्यरत छन्।

उता,माया क्रिकेट क्लवले पनि नेपालबाट भर्खर आएका र बेलायतमै रहेका खेलाडीलाई देश विदेशमा खेल अवसर,प्रशिक्षण, पुरस्कार आदि प्रदान गर्दै आएको छ।

गाला डिनर तथा अवार्ड नाइटमा विभिन्न मनोरन्जन तथा खेल सेग्मेन्ट राखिएको थियो। सिविरा लामा रुइतले सञ्चालन गरेको उक्त कार्यक्रममा हेम विष्टले साउण्ड सिस्टम र डिजे प्रवन्ध एवं भिडियो फोटोग्राफीको कुशल श्रेष्ठले व्यवस्थापन गरेका थिए।
नेपालीलिंकबाट साभार।
तस्विर- शिव भण्डारी

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ