समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

एनआरएनए निर्वाचन फेब्रुअरीमा : महासचिव गौरीराज जोशी

  शीतलपाटीन्युज डटकम | २६ मंसिर २०८२, शुक्रबार २०:१०

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन आगामी फेब्रुअरी महिनामा हुने भएको छ।

एनआरएनएका महासचिव गौरीराज जोशीले अमेरिकास्थित एक अनलाइन मिडियालाई दिएको अन्तरवार्तामा संघको निर्वाचन फेब्रुअरी मै सम्पन्न हुने जानकारी दिएका हुन्।

जोशीले भने,“संघको निर्वाचन ढिलोमा फेब्रुअरी महिनामा हुन्छ। यही विकल्प हो। फेब्रुअरी मै निर्वाचन सम्पन्न गर्नकै लागि म स्टेरिङ कमिटीमा आएको हुँ,” जोशीले बताए।

महासचिव जोशीका अनुसार सदस्यता वितरण जनवरी ९ तारिखसम्म खुला गरिसकिएको छ। उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण र विवाद रहित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

जोशीले संघको ११ औँ महाधिवेशनमा भएको निर्वाचन प्रति उठेको विवादबारे प्राविधिक पक्ष स्पष्ट पार्दै भने, “भेरोले नतिजा सुनाउँदा काउन्टिङ प्रक्रियामा प्राविधिक समस्या आए पनि त्यसलाई ‘चुनाव मै गडबडी’ भएको भन्न मिल्दैन।”

आगामी निर्वाचनका बारेमा उनले थपे, “अब संसारभरका उत्कृष्ट अभ्यास (best practices) अध्ययन गरेर एनआरएनएले अनलाइन प्रणालीमार्फत निर्वाचन गर्नेछ।”

श्रोत-नेपालब्रिटेन डटकम।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ