समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत वापत राखेर थुनामुक्त गर्न आदेश

  शीतलपाटीन्युज डटकम | ३ पुष २०८२, बिहीबार १९:३६

शीतलपाटीन्युज डटकम।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्न आदेश दिएको छ । विहीबार उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार विगो बुझाएर रिहा गर्न आदेश गरेको हो।

सो अदालतले लामिछानेलाई रिहा गर्नका लागि विभिन्न ५ शर्त पनि राखेको छ। ति ५ सर्त अनुसार विदेश जान पूर्वजानकारी गराउनुपर्ने देखि बैंक ग्यारेन्टी राख्नुपर्ने सहितका शर्त छन्।

अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई नै पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ।

लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेश :

Screenshot
Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ