समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

आगामी ५ वर्ष बाँकेमा विकास र समृद्धिको अभियानले गति लिन्छ : मन्त्री अथक

  शीतलपाटीन्युज डटकम | ३१ आश्विन २०७९, सोमबार २०:१२

बाँके । युवा तथा खेलकुद मन्त्री एवं बाम –लोकतान्त्रिक गठबन्धनको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक)ले आगामी ५ वर्षमा यस क्षेत्रमा बिकास र समृद्धीको अभियानले गति लिने बताएका छन ।

बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिती, बाँके निर्वाचन क्षेत्र नं १ (ख) को तर्फबाट आयोजित प्रथम बैठक तथा भेलालाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन ।

उनले बिगत ५ वर्षमा ठुला, मध्यम तथा साना आयोजनाको सुरुवात गरेर बाँकेमा बिकासको आधार तयार गरिएको भन्दै आगामी ५ वर्षमा यसलाई पुर्णता दिने बताएका छन्।

यस्तै, वर्षौदेखि अँध्यारोमा बस्न बाध्य भएका निर्वाचन क्षेत्र नं.१ का नागरिकलाई बिद्युतिकरणसँग जोड्न गरीएको प्रयत्नले पुर्णता पाएको पनि बताए ।

उनले जिल्लाको क्षेत्र नं. १ मा बिद्यालय भवन, सडक पूर्वाधार, स्वास्थ्य पुर्वाधार, सिक्टा सिचाई आयोजना लगाएतका महत्वपूर्ण बहुआयामिक र बहुउद्देश्यीय आयोजनाहरूको सुरुवात भईसकेको जानकारी दिए।

उनले बाम –लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराई विकासका अपुरा कामलाई तिब्रता दिनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ