समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

सहारा यूकेमा नयां नेतृत्व,शारदा गुरुङ अध्यक्षमा निर्बिरोध

  शीतलपाटीन्युज डटकम | ६ पुष २०८२, आईतवार ०५:३९

शीतलपाटीन्युज डटकम।

लन्डन। फुटबल,शिक्षा, स्वास्थ्य र समाजमा आर्थिक सहयोग गर्दै आएको सामाजिक संस्था सहारा यूकेमा हालै नयां नेतृत्व चयन भएको समाचार छ। २० डिसेम्बर शनिबार अल्डरसटस्थित माइतीघरको सभाहलमा सम्पन्न वार्षिक साधारणसभाले शारदा गुरुङको अध्यक्षतामा १९ सदस्यीय नवौं नयां कार्यसमिति चयन गरेको हो।

Screenshot

सो निर्वाचित कार्यसमितीको उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ,महासचिवमा प्रकाश गुरुङ,सचिवमा दिपक गुरुङ (राजु), कोषाध्यक्षमा जगन गुरुङ, सह-कोषाध्यक्षमा कुमार थापा र सहारा यूकेको सिइओमा दल गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। सदस्यहरुमा रमेश गुरुङ,सविन्द्र कुमार गुरुङ (एसके),गम गुरुङ,गंगा गुरुङ,देव गुरुङ,लाल गुरुङ,नारायण गुरुङ,ओम गुरुङ,मिलन तमु र मनोज गुरुङ चुनिएका छन्।त्यसैगरि,स्पोर्टस् सेक्रेटरीमा शम्शेर गुरुङ र युथ कोअर्डिनेटरमा अजयजंग थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक महेस गुरुड्गले जनाउनु भएको छ।

Screenshot

साहारा युकेका संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त रहेको निर्वाचन समितीमा सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्त रही निर्वाचन सम्पन्न भएको थियो।निर्बिरोध निर्वाचन पश्चात निर्वाचन समितिले नयां कार्यसमितिका अध्यक्ष शारदा गुरुड्ग र सम्पुर्ण टीमलाई पद र गोपनियताको लागि शपथ ग्रहण गराएको थियो।

Screenshot

नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले सपथ ग्रहण लिदै सहारा यूकेलाई आफ्नो कार्यकालमा साहाराको उद्देश्य अनुरुप अझ उचाईमा लैजानकुनै कसरत बांकी नराखी काम गर्ने प्रविद्धता व्यक्त गरेका थिए।

Screenshot

निर्वाचन अघि अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको वार्षिक साधारणसभा महासचिव क्याप्टेन पिताम्बर गुरुङले संचालन गर्दै सांगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष कुमार थापाले आयव्यय विवरण प्रस्तुत गरेका थिए। सो सांगठनिक प्रतिबेदन र आयब्यय बिवरण सभाले पास गरेको थियो।

Screenshot

अधिबेशनको उद्घाटन सत्रमा संस्थापक अध्यक्ष नवीन गुरुङ,पूर्व अध्यक्षहरु दिलिप गुरुङ,मीन बहादुर गुरुङ (साइला),कुमार गुरुङ र लेप्टेन कुसाङ गुरुङले शुभकामना मंतब्य दिएका थिए। सहकोषाध्यक्ष जगन गुरुङले सहारा यूकेको अक्षय कोषबारे ‘अपडेट’ गराएका थिए।


सन् २००८ मा स्थापित साहारा यूकेको च्यारीटी संस्थाले महाभूकम्पबाट क्षतिग्रस्त स्कुल पुनर्निर्माण,आहा रारा गोल्डकपमा आर्थिक सहयोगदेखि पोखरा दोबिल्लामा अवस्थित सहारा पोखरा एकेडेमीमा ३० जना असहाय बालबालिकालाई आश्रय,पठनपाठन तथा फुटबल प्रशिक्षण दिदै आई रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ