समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

ऐतिहासिक नाटक “मिलारेपा” बेलायतमा प्रर्दशन हुदै

  शीतलपाटीन्युज डटकम | ११ पुष २०८२, शुक्रबार १४:००

पुर्ण गुरुड्ग,

लण्डन । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक “मिलारेपा” बेलायतमा प्रर्दशन गर्ने भएको छ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको च्यारिटी सहयोगार्थ आउँदो ८ मार्च २०२६ का दिन साँझ ६ बजे अल्डसटस्थित प्रिन्सेस हलमा प्रर्दशन गर्न लागिएको हो ।

उक्त नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भट्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्दछ ।

मण्डला थिएटर नेपालको बिशेष प्रस्तुती रहेको उक्त नाटक चाङ ङोन हेरुकको लेखन,  बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहने छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारहरूको जोडदार अभिनय रहने छ । साथै, अनि छोइङ डोल्माको स्वर सहितको प्रत्यक्ष परम्परागत संगीत प्रस्तुत गर्ने छ ।  जसको संगीत संयोजन सुदीप खतिवडाले गरेका छन् । उनीहरुको सशक्त अभिनयलाई अत्याधुनिक क्यामारा तथा प्रविधिको सहयोगमा छायांकनगरी उक्त दिन प्रिन्सेस हलको स्क्रिनमा प्रस्तुत् गरिने कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले जानकारी दिए ।

उक्त नाटकले, हामी आधुनिक शैलीमा बाची राख्दा, मानिसलाई चाहिने अतिवश्यक शिक्षा र दुर्लभ ज्ञानले सजिएको, धेरैको मन छुन सफल यो नाटक, बिभिन्न बिकल्प द्वारा, बिसिसि युकेले बेलायतवासी नेपालीलाई पस्कन सफल भएका सुचित गराउदै; यस संस्थाका अध्यक्ष आङ्गदावा शेर्पाले उक्त नाटक हेर्ने यो सुवर्ण अवसर नगुमाउन जानकारी गराउनु भएको छ।

टिकट: बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा अनलाइनमार्फत खरिद गर्न सकिने बताएको छ।

त्यस्तै, “मिलारेपा” नाटक बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई,सर्वसाधारण दर्शकहरूका लागि पनि जीवनको यथार्थ सत्य,धर्मको मर्म, लोभ–क्रोध–अहंकारबाट मुक्त हुने मार्ग तथा आत्ममन्थनको गहिरो अवसर प्रदान गर्नेछ र  मिलारेपाको त्याग, पश्चात्ताप र कठोर साधनाले दर्शकलाई आफ्नै जीवनमाथि पुनः सोच्न प्रेरित गर्ने विश्वास आयोजकको रहेको छ।

उक्त नाटक बेलायतमा प्रस्तुत् गर्न सो नाटकका निर्देशकसँग बिशेष समन्वय गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले, “मानव जीवनलाई सकारात्मक दिशातर्फ मोड्ने उक्त ऐतिहासिक नाटक हेर्न सम्पूर्ण युकेवासी नेपाली समुदाय, संघ–संस्था, गुम्बा, मन्दिर तथा कला–संस्कृतिप्रेमी दर्शकहरूलाई हार्दिक आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ