सुरेश कोइराला,
चितवन – ईलाका प्रहरी कार्यलय खैरहनी चितवनको नवनिर्मित भवनको उद्घाटन भएको छ। आज (बुधबार) एक कार्यक्रमका विच प्रमुख अतिथी एवम् बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले उदघाटन गरेका हुन्।
उद्घाटन गर्दै बानियाले सुरक्षाकर्मीहरु नागरिकसँग सहकार्य गर्दै समाजमा शान्ती सुरक्षा कायम, अपराध अनुसन्धान र नियन्त्रण गर्ने कार्यमा निरन्तर खटिदै आएको बताउनुभयो । दु:खको बेला,झगडा,हत्या,आत्मत्या,दुर्घटना,भुकम्प,बाढी पहिरो आदीमा सबै भन्दा पहिला पुग्ने नेपाल प्रहरी नै हो। नेपाल प्रहरी र नागरिकबिच सबैभन्दा नजिकको सम्बन्ध छ। हाल निर्माण भएको भवनबाट प्रहरीले नागरिकलाई सुरक्षा दिन अझ बढी सहज हुने विश्ववास लिएको बताए ।
उक्त कार्यक्रममा कानुन एवम् आन्तरिक मामिलामन्त्री शिवराज अधिकारी, प्रहरी नायब महानिरिक्षक अरुण पौडेल लगाएतले शुभकामना मन्त्वय राख्नुभएको थियो ।
नायब महानिरिक्षक पौडेलले भने,आजबाट भवन सुबिधा सम्पन्न भएको छ। भवनको स्वरुप र रङ मात्र हाम्रो परिवर्तन होइन,हाम्रो व्यवसायिक गन्तव्य,बोली,बचन,व्यवहार, शिस्टता र कानुन,कार्यन्व्यनमा निर्भययुक्त,निश्पक्षताको कार्यशैलीलाई संस्थागत गर्नु नै हो। यी कार्यशैलीले मात्र सही अर्थमा यो भवनले सार्थकता पाउने छ र नागरिकको अपेक्षा अनुरुपको प्रहरी सेवा प्रदान गर्न सक्ने छ भन्ने कुरामा दृढ संकल्पित छौं।
यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक गोबिन्द पुरीले जनताको सेवा र सुरक्षामा खटिने प्रहरीको पनि अव्यक्त पीडाहरू हुने गर्दछन्, बर्खामा छानो चुहिएने गर्मी मौसममा टिन तातेर रातभर सुत्न नपाई छर्लङ्ग रात कटाउनु पर्ने दिनभर तातो सडकमा घण्टौ ऊभिएर थकित हुने प्रहरी जवानका ती गलित शरीर मस्त निदाउन सक्ने अवस्था थिए अब भने उक्त भवन निर्माण भएसँगै सहज र सुबिधा हुने बताए।
इलाका प्रहरी कार्यालयलाई भौतिक रुपमा अलकेमी स्वरूप प्रदान गर्न भूमिका निर्वाह गर्नु हुने बागमती प्रदेश सरकार, आन्तरीक मामिला तथा कानुन मन्त्रालय र प्रदेश प्रहरी कार्यालय प्रति धन्यवाद व्यक्त गरेका थिए।
उक्त भवन ६ करोड २३ लाख ६९ हजार २७७ रुपैयामा निर्माण भएको छ । जसमा व्यारेक र मेश भवनहरुको RCC फ्रेम स्ट्रक्चर अवधारणा अनुसार १९३४ बर्ग मिटर क्षेत्रफलमा तीन तल्ले कार्यालय, तीन तल्ले ब्यारेक र मेश भवनहरुको निर्माण गरिएको छ।
नवनिर्मित कार्यालय भवनमा भुइ तल्लामा गार्ड कक्ष- १, हेल्प डेस्क-१, महिला सेल-१, इन्भेष्टिगेसन कक्ष-१, शौचालयसहितको महिला हिरासत कक्ष-१, पुरुष हिरासत कक्ष-१,माहिला र पुरुष शौचालयको सुविधा सहित ८ वटा कोठाहरु साथै पहिलो तल्लामा कार्यालय प्रमुख कक्ष-१, सभा हल १,लेखा कक्ष-१,प्रशासन कक्ष र Audio, भिडियो Recording Interrgoration कक्ष-१,कम्प्युटर कक्ष १, माहिला र पुरुष शौचालयको सुविधा सहित ८ वटा कोठाहरु छ भने त्यस्तै गरि दोस्रो तल्लामा संचार कक्ष-१,संचार ब्यारेक कक्ष-१ र कार्यालय प्रमुख निवास-१ को सुविधा सहित व्यवस्थापन गरिएको छ।
व्यारेक भवनको भुई तल्लामा पुरुष ब्यारेक १, माहिला ब्यारेक १ साथै छुट्टा-छुट्टी शौचालय/स्नान गृहको सुविधा सहित १५८।५४ बर्ग मिटरमा व्यवस्थापन गरीएको छ। साथै यस भवनको पहिलो र दोस्रो तल्लामा २-२ वटा ब्यारेक कक्ष र शौचालय/स्नान गृहको सुविधा सहित ३ वटा कोठाहरु १५८।५४ बर्ग मिटरमा ब्यवस्थपन गरेको छ । साथै मेश भवनमा भण्डार कक्ष -१,भान्सा कक्ष-१,भोजन कक्ष-१ सुविधा सहित ३ वटा कोठाहरु रहेका छन् ।
प्रतिक्रिया