समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सधैँ रहिरहने छ : प्रधानमन्त्री कार्की

  शीतलपाटीन्युज डटकम | १७ पुष २०८२, बिहीबार ०६:१३

काठमाडौं। प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन्।

उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ। सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं।’

त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समानुकुल आम नागरिकको जीविका सुधार र व्यवहार पनि न्यायपूर्ण गर्न नसक्दा त्यो निराशा र वितृष्णाको विष्फोटक जेनजी आन्दोलन बन्न पुगेको बताइन्।

आन्दोलनको क्रममा भएको मानवीय क्षतिको मूल्य एकीन गर्न नसकिने भन्दै उनले एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने धारणा राखिन्।

उनले भनिन्,‘नेपालको राजनीतिक परिवर्तनले समानुकुल आम नागरिकको जीविका सुधार गर्न सकेन, रोजगारीको अवसर पर्याप्त भएनन्। हाम्रा आचरण र व्यवहारमा पनि न्यायपूर्ण हुन सकेन। नागरिकमा निराशा र वितृष्णाको तह विष्फोटक बन्न पुग्यो। भदौं २३ र २४ गतेको जेनजी आन्दोलन भयो। आन्दोलनको क्रममा भएको मानवीय क्षतिको न कहिल्यै पूर्ताल हुन सक्छ। न त त्यसको मूल्य नै एकिन गर्न सकिन्छ। यो एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ।’

त्यस्तै प्रधानमन्त्री कार्कीले विभिन्न चुनौतीको सामना गर्दै निजी क्षेत्रले उच्च मनोबलकासाथ अगाडि बढेको भन्दै प्रशंसा समेत गरिन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ