समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

  शीतलपाटीन्युज डटकम | १७ पुष २०८२, बिहीबार ०७:४७

पोखराको लिची बारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उनलाई थुनामा पठाउने आदेश दिएको हो।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी थिइन्।

उक्त प्रकरणमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले बिचौलिया सुजन लामासँग घुस डिल गरेको र रञ्जिताले मध्यस्थकर्ताको भूमिका खेलेको अख्तियारको दाबी छ।

दुई जना पूर्वमन्त्रीमाथि घुस डिलको आरोप लागेको यो प्रकरण के हो? उनीहरूले पोखराको कुन जग्गा के गर्न खोजेका हुन्? घुस डिल गरेको भनिएको टेलिफोन संवादमा के के कुराकानी भएको थियो?

यो स्टोरीमा हामी तपाईंहरूलाई यो घटनाको पृष्ठभूमि बताउँदै छौं।

पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँगको अडिओ संवादमा बिचौलियाले भनेका छन्, ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला।’

यहाँ बिचौलियाले उल्लेख गरेको माझीकुना भन्ने ठाउँ पोखराको बेगनास तालमा पर्छ। तर अडिओ संवादमा जुन जग्गा हडप्न घुस लेनदेनको कुरा भएको सुनिन्छ, त्यो जग्गा बेगनास तालनिरको होइन।

हामीले यसबारे जिल्ला मालपोत कार्यालयका अधिकारीहरूलाई यो प्रकरणमा ‘घुस डिल’ भएको जग्गा कुन हो भनेर सोधेका थियौं।

उनीहरूले पोखरा महानगरपालिका वडा नम्बर १६ मा पर्ने दीप भन्ने ठाउँको १३५ रोपनी लिची बगैंचा हडप्न करिब दुई वर्षदेखि बिचौलियाहरूले चलखेल गरिरहेको बताए।

मालपोत अधिकारीहरूका अनुसार उक्त लिची बगैंचाको जग्गा हडप्ने योजनासहितको फाइल दुई वर्षदेखि कार्यालयमा अड्किएर बसेको छ।

त्यही फाइल सदर गराउन ‘बिचौलिया’ भनिएका सुजन लामाले मालपोत कार्यालय कास्कीबाट सरूवा भएर लमजुङ पुगेका रामचन्द्र अधिकारीलाई पुन: कास्कीमै थमौती गराउन र कास्कीको हालका मालपोत प्रमुख चिरञ्जीवी पौडेललाई सरूवा गर्न ५३ लाख रूपैयाँ घुस प्रस्ताव गरेको उनीहरू बताउँछन्।

भूमि आयोग कास्कीमा खेम पुनलाई अध्यक्ष बनाउन थप २५ लाख घुस दिने प्रस्ताव पनि अडिओमा सुनिन्छ।

यो लिची बगैंचामा अहिले पनि लिचीका बोट हराभरा छन्। यहाँ बस्ती बसाउनेहरू मुस्ताङका थकाली हुन्। तिनै मुस्ताङे थकालीहरूको जग्गा हडप्ने कोसिसमा घुस लेनदेन भएको मालपोत अधिकारीहरूको भनाइ छ।

मुस्ताङका थकालीले कसरी यहाँ बस्ती बसाए त?

यो कथा २०१७ सालबाट सुरू हुन्छ। त्यति बेला मुस्ताङको थासाङ गाउँका गणेशबहादुर गौचन, उनका छोरा क्षेत्रबहादुर लगायत अरू केही मुस्ताङेहरू पोखरा बसाइँ सरेका थिए। उनीहरू पहिले पनि जाडो छल्न पोखरा आइरहन्थे। माथि मुस्ताङमा विद्यालय नभएको र केटाकेटी पढाउन दु:ख भएकाले पोखरा बसाइँ सरेको क्षेत्रबहादुर छोरा इन्द्र गौचन बताउँछन्।

बुबा र हजुरबुबा पोखरा झर्दा इन्द्र करिब १३ वर्षका थिए। अहिले ७८ वर्षका छन्।

इन्द्रका अनुसार उनका हजुरबुबा र बुबाले पोखराकै लामा गाउँका लामाहरूसँग दीपमा करिब ६० रोपनी जग्गा किनेर बसोबास सुरू गरेका थिए। पछि परिवारका अरू सदस्य पनि बसाइँ सरेर दीप आए।

उनीहरूले यहाँ सुन्तला खेती गरेर जीविका चलाए, छोराछोरी पढाए।

केही वर्षपछि सुन्तला खेती रोगले सखाप भयो। कृषि प्राविधिकको सल्लाहअनुसार उनीहरूले सुन्तला घारी भएको ठाउँमा लिची, अम्बा, नासपाती लगायत फलफूल रोपे। अहिले देखिएका लिचीका बोट करिब ३० वर्ष पहिले नै रोपिएको इन्द्र बताउँछन्। यिनै लिची बोटकै कारण यो ठाउँको नाम लिची बगैंचा रहेको उनको भनाइ छ।

जिल्ला मालपोत कार्यालय कास्कीको रेकर्डअनुसार मुस्ताङका थकालीले बस्ती बसाएको यो जग्गा १९७९ सालमा राणाहरूले बिर्ता पाएका थिए।

करिब सय वर्षअघि बिर्ता पाएको जग्गा उनीहरूले २०१७ सालपछि बेचबिखन गर्न थाले। बेचबिखनको लिखत तमसुक मालपोतमा अहिले पनि सुरक्षित छ।

यही जग्गा खरिद–बिक्री हुँदै थकालीहरूको हातमा पुगेपछि राणाहरूका दुई जना छोरी दुर्गादेवी शाह र गीतादेवी शाहले हकदाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा हाले।

सर्वोच्च अदालतले २०४१ सालमा उक्त जग्गा दुर्गादेवी र गीतादेवीको नाममा हुने फैसला गर्‍यो।

सर्वोच्चको फैसलाले जग्गाको कित्ता नम्बर र नापनक्सा किटान गरेको थिएन। चार किल्ला तोकिएको फैसलामा पूर्वतर्फ बाटुलेचौर, पश्चिममा लामाचौर जाने मूलबाटो, उत्तरमा तीकलाल बेदे र इन्द्रकुमारी साँध र दक्षिणमा ऋणी मात्र भनिएको थियो। यति मात्र होइन, फिल्डबुकमा पनि शाह थरका व्यक्तिको नाम कतै उल्लेख थिएन।

अदालतको उक्त फैसला स्पष्ट नभएको र कुन जग्गा भन्नेसमेत छुट्याउन सकिने अवस्था नरहेको भन्दै मालपोत कार्यालयले कार्यान्वयन अघि बढाएन।

अर्कातिर मुद्दा जितेपछि दुर्गादेवी र गीतादेवी पनि जग्गा दाबी गर्न गएनन्। सरकारले २०५९ सालमा गरेको पुनः नापीमा पनि उनीहरूले जग्गा हकदाबी गरेनन्। त्यही भएर यसअघि जग्गा किनेर लालपुर्जा लिएका थकालीहरूकै नाममा नापी टोलीले २०५९ सालमा हालसाबिक गरिदियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ