समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

बीसीसी युकेले धार्मिक पूजापाठसहित तमू ल्होछार मनायो

  शीतलपाटीन्युज डटकम | १७ पुष २०८२, बिहीबार ११:१९

पुर्ण गुरुड्ग,
लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाएको छ। मंगलबार ३० डिसेम्बर २०२५ अर्थात् २०८२ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाईएको हो । नेपालबाट आमान्त्रित धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे (सुजन गुरुङ) को बिशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा दिप प्रज्ज्वलन,घ्यासी (ग्रह शान्ति),आयु,साङ्ग,घनचक्र पूजा गरिएको थियो।

सो अवसरमा आमान्त्रित टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछे(सुजन गुरुङ)बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ्ग, लोपेन सोनाम,लोपेन जिग्ने,खेन्पो निमा सिंगे,लामा दिनेश, लामा कर्म, लामा धर्मलगायत धर्मगुरुहरुले पूजापाठ गरेका थिए।


विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसबर्ष विश्वभर रहेका गुरुङहरुले सर्प बर्गलाई बिदाई गर्दै घोडा बर्गलाई स्वागत गरिएको हो। सो अवसरमा धर्म गुरु टुल्कु थुब्वाङ्ग रिन्पोछेले तमु ल्होछारबारे धार्मिक प्रवचन दिनुका साथसाथै वाङ्ग (अभिषेक) प्रदान गरेका थिए । त्यस्तै, बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङको पदाधिकारी तथा सदस्यहरुले टुल्कु थुब्वाङ्ग रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए।

कार्यक्रममा तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले गुम्बा परिसरभित्र तमु धिं युकेको तर्फबाट नयाँ लुंदा फेरेका थिए । सो अवसरमा तमु धिं युकेका आमा अध्यक्ष कमला गुरुङ,पूर्व अध्यक्ष रामचन्द्र गुरुङ तथा पवित्र गुरुङ,पूर्व अध्यक्ष ज्ञाम गुरुङ तथा प्रेमा गुरुङ,पूर्व अध्यक्ष हरि गुरुङ तथा सन्ध्या गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो।

बिशेषगरी नयाँ पुस्ताका तमुहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा र तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले शुभकामना मन्तब्य प्रकट गरेका थिए। साथै,बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले धर्मगुरु टुल्कु थुब्वाङ्ग तेन्जिङ्ग रिन्पोछेको बारेमा छोटो जानकारी दिएका थिए।

कार्यक्रममा तमूधीं युके,सहारा युके,मगर संघ यूके, तामाङ्ग सोसाईटी यूके,थकाली समाज युके,शेर्पा एशोसिएशन युके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर,स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था,बीसीसी लण्डन ब्रान्च,बीसीसी युकेका ट्रष्टी मेम्बर्सलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । निःशुल्क चियापान,खाजा र खानाको समेत व्यवस्था गरिएको कार्यक्रममा विभिन्न दाताहरुले भोजन दान गरेका थिए।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सपन राईले साउण्ड,एसके गुरुङले भिडियो,मिलन तमुले फोटो र गोर्खा किचनका भिम गुरुङले खानाको प्रवन्ध गरेका थिए। त्यस्तै, बीसीसी यूकेको सिंगो कार्यसमिति,आमा प्रमुख जगना गुरुङलगायत आमाहरु,पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरु, सल्लाहकारहरूले कार्यक्रममा बिशेष भूमिका खेलेका थिए ।

बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीसीसी युकेका उपाध्यक्ष बीसीसी युकेका उपाध्यक्ष रोविन गुरुङले स्वागत मन्तब्य र कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव मेजर कुमार गुरुङ एभभिओले औपचारिक कार्यक्रमको संचालन गरेका थिए।

स्मरण रहोस्,सीसी युकेले तमू ल्होछार,सोनाम ल्होसार,ग्याल्पो ल्होसारलगायतका कार्यक्रमहरुमा बिशेष पूजापाठहरु गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ