समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको समुद्‍घाटन कार्यक्रम सम्पन्न

  शीतलपाटीन्युज डटकम | १८ पुष २०८२, शुक्रबार १६:३७

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा मिति २०८२।०९।१३ गते आईतबार काठमाडौं महानगरपालिका वडा नं. २३ बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्य र २३ नं. वडाध्यक्ष मचाराजा महर्जनज्यूको सभाध्यक्षतामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलज्यू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यू,काठमाडौं स्थित विभिन्न नगरपालिकाका नगर प्रमुखज्यूहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्र.ना.म.नि.ओम प्रसाद अधिकारीज्यू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यू,माईती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोईराला,वरिष्ठ कलाकार हरिवंश आचार्य,किरण के.सी., संगीतकार योगेश्वर प्रसाद अमात्य,नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्का,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल,

प्रहरी वरिष्ठ उपरीक्षकहरु,विभिन्न नगरपालिकाका उप-प्रमुखहरु,जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु,काठमाडौं जिल्लाका विभिन्न वडाका वडा अध्यक्षहरु,प्रशासकिय अधिकृतहरु, विभिन्न कार्यालयका प्रमुखहरु,सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,सिनियर प्रहरी अधिकृतहरु,नागरिक समाज, स्थानीय,युवाहरु,संचारकर्मीहरु,समाजसेवीहरु, अभियान्ताहरु,कलाकारहरु,पूर्व प्रहरी कर्मचारीहरु, विद्यार्थीहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

हाम्रो प्रहरी कार्यक्रममा Nepal Police Band र नेपाल प्रहरी संगीत विद्यालयको प्रस्तुति,एलिस राई लगायतका कलाकारहरूको नाटक,Kuma Sagar & The Khwopa Band, स्थानीय नेवारी नृत्य लगायत प्रस्तुतीकरण रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूले प्रहरी कार्यालयको पुनःसम्भार र पुनःर्स्थापनामा सहयोग गर्नुहुने प्रतिनिधिमूलक रुपमा ५१ जना व्यक्तिहरूलाई सम्मान स्वरुप कदर पत्र प्रदान गर्नुभएको थियो भने काठमाडौंका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने गरी +2 मा अध्ययनरत १६ जना विद्यार्थीहरुलाई प्रहरी सद्भावना दूत टीम घोषणा गरी व्यानर प्रदान गर्नुभएको थियो।

(साभार-#NepalPolice #districtpolicerangekathmandu #hamroprahari)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ