GNNNEWS-
लन्डन – बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेज, ले चर्चित टीभी प्रस्तोताटिकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्राण्ड एम्ब्यासडर‘ नियुक्त गरेकोछ।
पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा बुधबार आयोजितएक कार्यक्रममा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्रीमिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टिकाराम यात्रीलेएक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे ।
“नेपालका चर्चित टीभी पत्रकार तथा संचारकर्मी टिकाराम यात्रीलाई हाम्रोकम्पनीको ब्राण्ड एम्ब्यासडर‘ नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौं र उहाँसंग सहकार्य गर्न पाउँदा उत्साहित छौं,” ए स्टार मोर्गेजेजका प्रबन्धनिर्देशक मिन दर्लामीले भने ।
पत्रकार टिकाराम यात्रीले बेलायतस्थित नेपाली व्यवसायीले प्रवर्द्धनगरेको प्रतिष्ठित कम्पनी ए स्टार मोर्गेजेजसंग आबद्ध हुन पाएकोमा खुसीव्यक्त गर्दै आफुलाई यो जिम्मेवारी दिएकोमा ए स्टार मोर्गेजेजलाईधन्यवाद दिए । “अहिले संसार विश्व ग्राम (ग्लोबल भिलेज) बन्दै गएकोछ। नेपाल बाहिर प्रवासी नेपालीहरुले गरेको प्रगति हाम्रो लागि पनिगौरवको कुरा हो। तपाईंको प्रगतिमा साझेदारी गर्न हामी सधै तत्पर छौं,” उनले भने ।
ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्ष देखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बीमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छापत्र र एस्टेट प्लानिंग सम्बन्धी सुझाव तथासल्लाह प्रदान गर्दै आएका छन्। साथै, ए स्टार मोर्गेजेजले रि – फाइनान्सिंग, बाइ –टु–लेट मोर्गेज तथा इक्विटी पुन:निवेशमार्फत आफ्नोसम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको छ।
फोटो- कुसल श्रेष्ठ।
प्रतिक्रिया