समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

‘६ वर्षपछि एनआरएनए कोरियाका पूर्वअध्यक्षहरु एउटै मञ्चमा’

  शीतलपाटीन्युज डटकम | २२ पुष २०८२, मंगलवार २२:३८

सोल – दक्षिण कोरियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै भएको एकताको सकारात्मक शुरुवात भएको छ।

गैरआवासीय नेपाली संघ जापानद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सोमबार कोरिया पुगेका संघका उपाध्यक्ष डा. हेमराज शर्मा को अन्तरक्रिया कार्यक्रममा एनआरएनए कोरियाका ५ जना पूर्वअध्यक्षहरु ६ वर्षपछि एउटै मञ्चमा उपस्थित भएका थिए र एकताको सन्देश दिएका छन्।

डा. शर्माले गैरआवासीय नेपाली संघ कोरियाले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाभित्र भएको विभाजनको जिम्मा लिँदै क्षमायाचना गरे।

कार्यक्रममा एनआरएनए कोरियाका पूर्वअध्यक्ष केपी सिटौला, राजु क्षेत्री, लक्ष्मी गुरुङ्ग, यज्ञराज सुवेदी र बुद्धि गुरुङ्ग उपस्थित भएर गैरआवासीय नेपाली अभियानमा पूर्ण एकतामा जोड दिए।

डा. शर्माले भने, “म यहाँ चुनावको प्रचारभन्दा पनि एकताको सन्देश लिएर आएको हो। यसअघि विभिन्न कारणले संस्थामा भएको फुटप्रति क्षमायाचना गर्दछु।”

उनले आगामी दिनमा गैरआवासीय नेपाली संघभित्र एकता कायम गर्दै संस्था जुटाउने तर्फ प्रतिबद्धता व्यक्त गरे। साथै, गैरआवासीय नेपाली संघका अध्यक्षद्धय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ को पहलमा भएको एकताको प्रस्तावलाई कार्यान्वयन गर्न आफुले विश्वव्यापी दौडाहामा लागेको बताए।

डा. शर्माले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सर्वोच्च अदालतले दिएको फरक-फरक फैसलाका कारण उत्पन्न समस्या समाधान गर्न सबै पक्षलाई समेटेर ६ महिनाभित्र निर्वाचन गर्ने सहमति भएको प्रष्ट पारे।

उनले गैरआवासीय नेपाली संघको १२ औं महाधिवेशनको निर्वाचन संघको संशोधित विधान २०२२ बमोजिम हुने तयारी भइरहेको जानकारी दिए।

डा. शर्माले गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिमा भएको विवाद मिलाउन विभिन्न मोडालिटीमा छलफल गरी एकता कायम गर्न आग्रह गरे।

अन्तरक्रिया कार्यक्रममा एनआरएनए कोरियाका अध्यक्षद्धय पार्वती मोक्तान, विपिन गुरुङ्ग, पूर्वअध्यक्षहरु केपी सिटौला, राजु थापा, लक्ष्मी गुरुङ्ग, यज्ञराज सुवेदी, दिपक पुन, बुद्धि गुरुङ्ग, दीपक पुन, लक्ष्मण सुवेदी, डा. देवी बस्नेत, डा. बिमल सुवेदी, राम सुवेदी, लोक–राज जोशी, याम प्रसाद खनाल, गिरिराज कुँवर, शिवराज बमजम, रञ्जन भण्डारी, डा. यम प्रसाद खत्री, लोकेश पौडेल, प्रमोद घिमिरे, ईश्वरी अधिकारी, रोशन भट्टराई, लोचन राई, मिना गुरुङ्ग, हर्कमान गुरुङ्ग, टिकाराम कंडेल, अमित थपलिया, सविना कुवँर, विजय लुइँटेल, अनिल सुवेदी, सागर बुढा, केशव थापा, जुनु गुरुङ्ग, ललित अधिकारी र राजन अधिकारी सहित वक्ताहरुले आआफ्ना भनाइहरु राखेका थिए।

कार्यक्रमको संचालन प्रकाश धमला ले गरेका थिए। कार्यक्रममा सबै आईसीसी सदस्यहरु, अनडु, जनजाति महासंघ, केन्द्रीय पदाधिकारीहरु, राजनीतिक दल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ