समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

प्रहरीमा एसपीका ११ दरबन्दी थप

  शीतलपाटीन्युज डटकम | २३ पुष २०८२, बुधबार ०८:४१

शीतलपाटीन्युज डटकम।

काठमाडौं। सरकारले नेपाल प्रहरीमा एसएसपी,एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। त्यस्तै,इन्सपेक्टरका ६ दरबन्दी थपिएको छ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी नयाँ दरबन्दी मिलान गरेको हो।एसएसपीका तीन पद प्रहरी महानिरीक्षकको सचिवालय,सिआइबी र कानून महाशाखामा राखिएको छ।

त्यस्तै,एसपीको तीन दरबन्दी थप र एक दरबन्दी स्थानान्तरण गरिएको छ। प्रहरी महानिरीक्षकको सचिवालय,सिआइबी र प्रहरी अस्पतालमा एसपीको दरबन्दी थप गरिएको हो।त्यस्तै, सिंहदरबार गणमा पनि एसपी राख्ने तयारी छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको एसपीको पदलाई स्थानान्तरण गरी सिंहदरबार गणमा राख्न लागिएको हो। सो गणमा हाल डिएसपी इन्चार्ज रहन्छन् ।

सिआइबी,कानून र अन्वेषणमा डिएसपीको १–१ दरबन्दी थप भएको छ। इन्सपेक्टरका ६ दरबन्दी पनि यीनै निकायमा थप गरिएको छ। प्रहरी अस्पतालमा तल्लो पद कटौती गरी एसपीका ८ दरबन्दी थप गरिएको छ।प्राविधिक र प्रशासनतर्फ गरेर समग्रमा एसपीको ११ दरबन्दी थप भएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ