समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

एमालेबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनौट

  शीतलपाटीन्युज डटकम | २३ पुष २०८२, बुधबार ०९:३७

शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभाका उम्मेदवारहरु टुंगो लगाएको छ। एमालेले ६ जना उम्मेदवार उठाउने निर्णयसहित नाम टुंगो लगाएको हो।

राष्ट्रिय सभामा एमालेले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई पनि पठाउने निर्णय गरेको छ। महाधिवेशनको केही समय अघि मात्रै नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा समाहित हुनुभएकी झाँक्रीलाई एमालेले राष्ट्रिय सभा पठाउन लागेको हो।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा स्वकीय उपसचिवको जिम्मेवारीमा रहनुभएकी झापाकी रोशनी मेचेलाई पनि राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ। यसैगरी एमालेले किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगाल,सम्झना देवकोटा, लीला भण्डारी र मीना रखाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ।

राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेदवारी मनोनयन र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो। आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए,नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ।

आयोगका अनुसार यही पुस २४ गते उमेदवारको विरोधमा उजुरी दिने,पुस २७ गते उमेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ।
जनताटाईम्स।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ