समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

सबै सनातन धर्मावलम्वीलाई समेटेर हिथ्रो विमानस्थल नजीकै लण्डनमा सनातन हिन्दू मन्दिर स्थापना गर्ने योजना

  शीतलपाटीन्युज डटकम | २९ पुष २०८२, मंगलवार ११:२८

शीतलपाटीन्युज डटकम।
आफ्नो धर्म र संस्कृतिमा गौरव गरौँ: पं कुबेर सुवेदी
नेपालका प्रख्यात कथावाचक तथा अठार पुराणका ज्ञाता गुरु पण्डित कुवेर सुवेदीले संसार भरि रहेका नेपालीहरुलाई आफ्नो धर्म र संस्कृतिमा गौरव गर्न आह्वान गरेका छन्। नयाँ वर्ष २०२६ को अवसरमा धर्मदर्शन सांस्कृतिक केन्द्र यूकेद्वारा आयोजित भर्चुएल शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित सुवेदीले सनातन धर्मावलम्वी हरुले ‘बसुधैव कुटुम्बकम्’ मा विश्वास गर्ने भएकाले कसैलाई पनि भेदभाव नगर्ने तर आफ्नो पहिचान र संस्कृतिमा गौरव गर्नु पर्ने बताए ।

उनले झन्डै चार महिना अगाडी लन्डनमा श्री मद्भागवत महापुराणको पारायण सम्पन्न भएको स्मरण गर्दै सो आयोजन बाट प्राप्त हौसलाका कारण धर्मदर्शन सांस्कृतिक केन्द्र युके स्थापना गर्ने पहल थालिएको बताए। ”नेपालीहरु धेरै ठाउँमा हुनु हुन्छ। विदेशी धर्तीमा रहेर पनि आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने व्यक्तित्वहरुको सद्भावले यो संस्था जन्मिएको हो,” उनले भने।
हाम्रा आमाहरुले स्वस्थानीको ब्रत,आराधना र सेवा गरेका कारण हामी नेपालीहरु संसारभरि सफलता प्राप्त गर्न सफल भएका हौँ। यो कुरा बिर्सन हुँदैन। स्वस्थानीको प्रसादको ठूलो महत्व छ, उनले भने।

पण्डित सुवेदीले नेपालमा हरिहरको कृपा भएको,हरिहरको आराधना गर्ने व्यक्ति मात्रै सफल नेता हुन सक्ने र मुलुकलाई समुन्नत (लावण्य देश) बनाउन सक्ने बताए। “जुन देश मा पाप र धर्मको ख्याल हुन्छ,हिंसा र अहिंसाको ख्याल हुन्छ। हामीलाई एउटा हात्ती चाहिएको छ। देशमा नवराजको आवश्यकता छ, गजेन्द्र चाहिएको छ,”उनले भने। उनले हिथ्रो विमानस्थल नजीकै सनातन हिन्दु मन्दिर स्थापना गर्ने धर्मदर्शन सांस्कृतिक केन्द्र यूकेको योजनालाई सफल पार्न सक्दो सहयोग गर्न सबैलाई आग्रह पनि गरे।

पण्डित चिरन्जीवी ढकालले विद्वान पण्डित सुवेदीज्यूको मार्गदर्शनमा वेस्ट लन्डनमा सनातन हिन्दु मन्दिर स्थापना गर्न सघाउन सबै लाई आग्रह गरे। त्यस्तै पण्डित नीलहरि घिमिरेले नेपाली समुदायको सहयोगमा प्लमस्टीड,लन्डनमा युरोपकै पहिलो पशुपतिनाथ मन्दिर बनाउन सम्भव भएको स्मरण गर्दै अब हिथ्रो विमानस्थल नजीकै पशुपतिनाथ मन्दिर स्थापन गर्न हातमा हात साथमा साथ मिलाएर अगाडी बढ्ने जनाए।

कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, उपाध्यक्ष उज्जवल कार्की,उपाध्यक्ष लीलाराम निउरे,गुरु प्रसाल आचार्य, पुन्य रेग्मी लगायतले शुभकामना दिएका थिए।

धर्मदर्शन सांस्कृतिक केन्द्र यूकेका अध्यक्ष सहदेव गिरीलेपुज्य गुरुजीको कल्पना अवश्य पनि साकार हुने विश्वास व्यक्त गरे । “सबै सनातन धर्मावलम्वीलाई समेटेर हिथ्रो विमानस्थल नजीकै सनातन हिन्दू मन्दिर स्थापना गर्ने योजना छ। संस्थापक सदस्यहरुको नाम मन्दिरमा अंकित गरिने छ। यो सबैको साझा सम्पत्ती हो,यसलाई अगाडी बढाउँ,”उनले भने।
कार्यक्रममा संस्थाका महासचिव आनन्द राज आचार्यले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको संचालन धर्मदर्शन सांस्कृतिक केन्द्र यूकेका कोषाध्यक्ष पत्रकार चिरन शर्माले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ