शीतलपाटीन्युज डटकम।
काठमाडौँ। नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
समुन्नत नेपाल पार्टीका सभापति समेत रहेका खनालले मंगलबार बारा–४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।
यसपटक समुन्नत नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत भएर निर्वाचनमा सहभागी भएका छन्। संयुक्त दलले ‘बाँसुरी’ चिन्हलाई आफ्नो चुनाव चिन्हका रूपमा प्रयोग गर्ने जनाएको छ।
खनाल यसअघि नेकपा (एमाले)बाट काठमाडौँ–६ र तनहुँ क्षेत्रबाट निर्वाचन लडेका थिए। बाराबाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै खनालले भने,“३० वर्ष प्रहरी सेवामा रहँदा मैले अत्याचारविरुद्ध लडेँ,अब संसद्मा पुगेर भ्रष्टाचारविरुद्ध लड्ने मेरो संकल्प छ।”
प्रहरी संगठनको सर्वोच्च नेतृत्व सम्हाल्दा उनले गरेको अनुशासित, नीतिगत र परिणाममुखी कामको प्रशंसा आज पनि प्रहरी संगठन तथा आम नागरिकस्तरमा हुने गरेको छ। भिजन,अनुभव र इमानदार नेतृत्वका साथ जनताको सेवामा समर्पित उम्मेदवारका रूपमा खनाल चुनावी मैदानमा उत्रिएका छन्।
साभार- नागरीक सुरक्षा समुहबाट।
प्रतिक्रिया