समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार अस्मिन घिमिरे

  शीतलपाटीन्युज डटकम | ८ माघ २०८२, बिहीबार २०:०२

सुरेश कोईराला,

चितवन। नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार अस्मिन घिमिरेले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्।

मंगलबार उम्मेदवारी दर्ता गराएका घिमिरे बुधबार आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्। त्यसक्रममा उनले उक्त कुरा बताएका छन्।

‘म पवित्र भावका साथचितवत 2 का जनताको सेवा गर्न आएको छु। मेरो मन कञ्चन छ। म खुल्ला किताब जस्तै छु। हामीले चुनावी प्रतिस्पर्धा गर्दा अरु उम्मेदवारहरूलाई विभिन्न आरोप प्रत्यारोप गर्नु हुँदैन। कसैलाई गाली गर्नु हुँदैन। आफ्ना एजेण्डासहित जनतामा जानुपर्छ। यो हाम्रो लोकतान्त्रिक संस्कार पनि हो। म जनताको घरदैलोमा आफ्ना योजना र विचार बोकेर पुग्ने छु,’ उनले भने।

प्रतिस्पर्धी नेपाली कांग्रेश मिना खरेल लाई आफूले फोन गरेर स्वच्छ र सभ्य प्रतिस्पर्धा गर्न आग्रह गरेको उनले बताए। उनले परम्परागत गालीगलौजको शैलीलाई परिवर्तन गर्ने र जनताको विश्वास जित्ने आफ्नो लक्ष्य रहेको प्रस्ट पारे।

उनले आफ्नो ३६ वर्ष लामो राजनीतिक अनुभव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको सदुपयोग गर्दै चितवन क्षेत्र नम्बर २ को विकासमा अर्पित गर्ने बताएका छन्।

उनले आफू जेनजी आन्दोलनको भावना समेटेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।‘म जेनजी भावनाको सम्मान गरेर अगाडि बढ्ने छु। म परिवर्तनको सम्वाहक बनेर आएको छु,’उनले भने। विष्टले पार्टीभित्रको विवादसमेत अन्त भइसकेको बताएका छन्।
घिमीरेले माटोलाई ढोगेर निर्वाचन क्षेत्रप्रति सम्मान जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ