समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

चितवन-२ मा मिना खरेल नै किन?

  शीतलपाटीन्युज डटकम | ९ माघ २०८२, शुक्रबार १२:१६

सुरेश कोइराला,

चितवन। चितवनमा आज नेतृत्वविहीन छैन,तर नेतृत्वभित्र चाहिने साहस,इमानदारी र परिणाममुखी दृढताको भने अभाव छ।

यही अभाव पूर्ति गर्न चितवन-२ का लागि नेपाली कांग्रेसकी रुख चिन्हवाहक उम्मेदवार मिना खरेल आवश्यक छन्।

१) संघर्षबाट नेतृत्वमा उक्लिएको सशक्त आवाज
मिना खरेल सत्ता र सुविधाको छायाँमा हुर्किएकी नेतृ होइनन्। उनी पीडितको पक्षमा उभिँदै,अन्यायसँग जुध्दै यहाँसम्म आइपुगेकी हुन्। रुसी सेनामा फसेका नेपाली नागरिकदेखि न्यायबाट वञ्चित आम जनतासम्म
उनले आवाज मात्रै उठाइनन्,काम गरेर देखाइन्।

२) डर फैलाउने होइन,भरोसा जगाउने नेतृत्व
चितवनले भाषण धेरै सुनेको छ,तर भरोसा थोरै पाएको छ। मिना खरेल आश्वासन बाँड्ने नेतृ होइनन्, उनी समस्याको सामु उभिएर समाधान खोज्ने नेतृत्व हुन्।

३) नयाँ पुस्ताको प्रतिनिधि,नयाँ सोचको राजनीति
पुरानो शैली र जड सोचभन्दा फरक,उनी पारदर्शिता, जवाफदेहिता र सुशासनमा दृढ विश्वास राख्छिन्।
युवाको मन बुझ्ने,प्रविधि र आधुनिक शहर व्यवस्थापनको चेत भएको नेतृत्व आज चितवनको आवश्यकता हो।

४) निडर,स्वच्छ र जनउत्तरदायी नेतृ
न डराउने,न सम्झौता गर्ने। भ्रष्टाचार, बेथिति र अन्यायका विरुद्ध निडर रूपमा बोल्न र उभिन सक्ने क्षमता मात्र होइन त्यसको इतिहास मिना खरेलसॅंग छ।

५) चितवनको पहिचान जोगाउँदै भविष्य निर्माण गर्ने नेतृत्व
चितवन केवल भूगोल होइन,यो संस्कृति,इतिहास र सम्भावनाको केन्द्र हो। यसलाई सुरक्षित,व्यवस्थित र अवसरयुक्त शहर बनाउन इमानदार नेतृत्व अपरिहार्य छ र त्यो नेतृत्व क्षमता मिना खरेलसँग छ।

यसैले,आज चितवनलाई
आवाज चाहिएको छ: मिना खरेल
संघर्ष चाहिएको छ : मिना खरेल
परिवर्तन चाहिएको छ: मिना खरेल

अब भाषण होइन,काम गर्ने नेता चाहिएको छ।
त्यसैले चितवनलाई अरू होइन,मिना खरेल नै चाहिएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ