समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

गण्डकी प्रदेश प्रहरी प्रमुख DIGP दिपेन्द्र घर्ति क्षेत्रीद्वारा पदभार ग्रहण ।

  शीतलपाटीन्युज डटकम | ९ माघ २०८२, शुक्रबार १५:०६

शीतलपाटीन्युज डटकम।
माघ-०९,पोखरा। प्रहरी प्रधान कार्यालय,मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नं ४८६० मिति २०८२।१०।०४ गतेको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ।

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो। स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक क्षेत्रीले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका सिनियर प्रहरी अधिकृत लगायत उपस्थित सम्पूर्णमा आउँदै गरेको निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थापनलाई दुरुस्त कार्यन्वयन गर्ने बताउनु भयो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ