समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

मानवसेवा आश्रम यूके च्याप्टरको विशेष बैठक सम्पन्न: २०८२ सम्म नेपाललाई सडक मानवमुक्त बनाउने अभियानमा जोड

  शीतलपाटीन्युज डटकम | १२ माघ २०८२, सोमबार ०६:४२

मानवसेवा आश्रम यूके च्याप्टरको विशेष बैठक सम्पन्न: २०८२ सम्म नेपाललाई सडक मानवमुक्त बनाउने अभियानमा जोड

शीतलपाटीन्युज डटकम।
गिल्डफोर्ड,यूके – आइतबार,२५ जनवरी २०२६,मानवसेवा आश्रम यूके च्याप्टरद्वारा आयोजित विशेष बैठक आईतवार,२५ जनवरीका दिन द न्यु रोज रेस्टुरेन्ट, गिल्डफोर्डमा सफलतापूर्वक सम्पन्न भएको छ।


​कार्यक्रममा यूकेमा बसोबास गर्ने मानवसेवा आश्रमका अभियन्ता,सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विदेशमा रहेर पनि मातृभूमिमा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी बेसहारा,असक्त,असहाय,अनाथ,अभिभावकविहीन तथा मानसिक एवं शारीरिक रूपमा कमजोर नागरिकहरूको सेवामा समर्पित मानवसेवा आश्रमको अभियानलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरे।

बैठक संयोजक सुनिल बाबु खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव यादव श्रेष्ठले गर्नुभएको थियो।

बैठकमा सल्लाहाकार एवं अभियन्ताहरू शिवाजी श्रेष्ठ,चन्द्र अर्याल,सुरेन्द्र श्रेष्ठ,राजु आचार्य,विक्रम भट्टराई,देवेन्द्र सिंह श्रेष्ठ,मीन दर्लामी,रस्मिता दर्लामी, तुलसी फुयाँल,बसन्त गौतम, मञ्जु भण्डारी खरेल,जीवन बहादुर शाही,सुलोचना थापा, राधा गौतम,रामकृष्ण अर्याल,ललिता अर्याल,कमला खड्का,विवेक अधिकारी,प्रकाश भण्डारी,श्याम पाण्डे,माधव राज उप्रेती,राजु पाठक,पवित्रा भट्टराई,मीनू शाक्य श्रेष्ठ,सुमित्रा श्रेष्ठ,उर्मिला श्रेष्ठ,सुयोग्य श्रेष्ठ,लगायतको बाक्उलो उपस्थिति रहेको थियो।
बैठकले आगामी वार्षिक साधारण सभा (एजीएम) आइतबार,१९ जुलाई मा एल्डरसटमा आयोजना गर्ने निर्णय गरेको छ। साथै, यूकेका विभिन्न स्थानहरू—साउथ ईस्ट लन्डन, साउथ वेस्ट लन्डन,मिडल्याण्ड्स,एल्डरसट,स्कटल्यान्ड लगायत अन्य क्षेत्रमा बृहद् कार्यक्रमहरू आयोजना गरिनेछ।

यी कार्यक्रमहरू नेपालबाट मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी तथा उहाँको टोलीको विशेष उपस्थितिमा सञ्चालन गरिनेछ। मानवसेवा आश्रमको २०८२ सालसम्म सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानलाई सशक्त साथ दिन यी कार्यक्रमहरू आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।
​कार्यक्रमहरू यूकेस्थित विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी समय व्यवस्थापन गर्दै सञ्चालन गरिने र सबैलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई सहभागी हुन मानवसेवा आश्रम यूके च्याप्टरले हार्दिक आह्वान गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ