समाचार
|काठमाडौँमा’एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन’आयोजना गरिंदै|अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट भब्य, अवार्डले सम्मान गरीयो|बिराटनगरका प्रवेश रिजाल न्युयोर्कमा “भिजन अवार्ड २०२६” बाट सम्मानित|मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक|आईजीपी केसीद्वारा प्रहरीका गुनासा सुन्न ‘जाहेर टोली’ गठन, सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी|बर्न्ट ओक ब्रोडवेमा खुल्यो पहिलो नेपाली किराना पसल|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

एनआरएनए आईसीसीभित्रको भ्रष्टाचार र सहमतिमाथि यूकेमा खुला बहस

  शीतलपाटीन्युज डटकम | १५ माघ २०८२, बिहीबार ०९:३६

डा कुल प्रसाद कडेल
प्रवक्ता,
एनआरएन युके।

एल्डरशट,लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनए आईसीसीभित्र देखिएको भ्रष्टाचार तथा ४ मे २०२५ मा महेश श्रेष्ठसंग भएको सहमतिका विषयमा केन्द्रित विशेष बहस कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम १ फेब्रुअरी २०२६,आइतबार दिउँसो २ बजे एल्डरशटस्थित ठमेल रेस्टुरेन्टमा आयोजना हुनेछ। कार्यक्रमको समन्वय एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले गर्नुहुनेछ।

Screenshot

बहस कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष विश्वदीप तिगेला,सल्लाहकार थर्क सेन,एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर,उपाध्यक्ष तीर्थ बहादुर मल्ल (अनिल) तथा महासचिव जुरेन्द्र खजुम लिम्बु प्यानलिस्टका रुपमा सहभागी हुनेछन्।

एनआरएनए यूकेले यस कार्यक्रममार्फत संगठनभित्र उठिरहेका गम्भीर प्रश्नहरुमा खुला र तथ्यपरक छलफल गर्दै पारदर्शी निर्णय प्रक्रिया र संस्थागत जवाफदेहितालाई मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

एनआरएनए यूकेले एनआरएनए आईसीसीभित्र भइरहेको भनिएको ठूलो आर्थिक अपचलन,एकता महाधिवेशनको पूर्वसन्ध्यामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नहुनु,वंशजको नेपाली नागरिकता निरन्तरताको विषय साथै विश्वभर रहेका गैरआवासीय नेपालीहरुको सदस्यता सम्बन्धी मुद्दामा देखिएको मौनताप्रति गम्भीर आपत्ति जनाउँदै आएको छ।

यसअघि १८ जनवरीमा एल्डरशटमै एनआरएनए यूके अध्यक्ष तथा भ्रष्टाचारविरुद्ध सक्रिय सामाजिक अभियन्ता प्रेम गाहा मगरको अध्यक्षतामा नेपालको समसामयिक राजनीतिक अवस्थाबारे जानकारीसभा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रमको निरन्तरता र थप गहिरो तथा स्पष्ट छलफलको आवश्यकता महसुस गर्दै यो विशेष बहस कार्यक्रम आयोजना गर्न लागिएको कुरा एनआरएनए यूकेका प्रवक्ता डा.कुल प्रसाद कंडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ