समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनए विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

  शीतलपाटीन्युज डटकम | १६ माघ २०८२, शुक्रबार ०८:५२

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरेको छ।

माननीय परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २ गतेसम्म (मार्च १४–१६, २०२६) नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उक्त समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

सम्मेलनलाई सफल,प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै उच्चस्तरीय समिति गठन गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले जानकारी दिए ।

उक्त समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव,अर्थ मन्त्रालयका सचिव,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव,कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव,नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत,श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव,आर्थिक कूटनीति महाशाखाका सह–सचिव,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,नेपाल उद्योग परिसंघका अध्यक्ष,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष,एनआरएनएका अध्यक्षद्वय डा.बद्री केसी र महेश कुमार श्रेष्ठ,गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलगायत रहेका छन्।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपाल सरकार र संघले संयुक्त रूपमा आयोजना गर्दै आएको परम्परा रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ