समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

एनआरएनए आईसीसीको बेथितिबारे एनआरएनए यूकेको ध्यानाकर्षण,कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी

  शीतलपाटीन्युज डटकम | १८ माघ २०८२, आईतवार ०८:५५

डा कुल प्रसाद कडेल,
प्रवक्ता
एनआरएन युके।
एल्डरशट,लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थागत एकता,विधिको शासन र आर्थिक पारदर्शिताका विषयमा एनआरएनए आईसीसीको गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष महेश श्रेष्ठलाई इमेलमार्फत आधिकारिक पत्र पठाउँदै एनआरएनए) यूकेले खबरदारी गरेका हो।

एनआरएनए यूकेका अनुसार १८ जनवरी २०२५ मा एल्डरशट, युकेमा विभिन्न संघसंस्था,विज्ञ र सामाजिक व्यक्तित्वहरूको सहभागितामा भएको खबरदारी भेलाले एनआरएनए आईसीसीमा देखिएका बेथिति र कथित एकता महाधिवेशनका विषयमा सम्बन्धित पक्षलाई औपचारिक रूपमा सचेत गराउने निर्णय गरेको हो। उक्त भेलामा एनआरएनए यूकेका अध्यक्ष तथा भ्रष्टाचारविरुद्ध सक्रिय अभियन्ता प्रेम गाहा मगरको विशेष भूमिका रहेको बताइएको छ।

पत्रमा एनआरएनए आईसीसीमा भइरहेको ठूलो आर्थिक अपचलन, एकता महाधिवेशनको पूर्वसन्ध्यामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नहुनु,वंशजको नेपाली नागरिकता निरन्तरताको विषय तथा विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सदस्यतासम्बन्धी सवालमा देखिएको मौनताप्रति गम्भीर आपत्ति जनाइएको छ।

एनआरएनए यूकेले पहिल्यै भएको सहमति कार्यान्वयन नगरी सीमित व्यक्तिको राजनीतिक स्वार्थ र लाभका लागि फेरि अर्को कथित एकता महाधिवेशनको नाममा भइरहेका गतिविधि असह्य भएको स्पष्ट गरेको छ।

साथै,सर्वोच्च अदालतले दिएको परमादेशको मर्मविपरीत बद्री केसी समूहसँग मिलेर गरिएको एकपक्षीय निर्णयले बेलायतका २३ हजार दर्ता सदस्यहरूको भावना र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको र यसले संस्थाको छविमा गम्भीर क्षति पुर्‍याएको एनआरएनए यूकेको ठहर छ।

एनआरएनए यूकेले पत्रमार्फत १० दिनभित्र चित्तबुझ्दो जवाफ नआए ठगी तथा पदीय दुरुपयोगको अभियोगमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन बाध्य हुने चेतावनी पनि दिएको छ। भेलाको निर्णय र थप विस्तृत विवरण आधिकारिक पत्रमार्फत पठाइएको जनाइएको छ।

Screenshot
Screenshot
Screenshot
Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ