समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनए विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

  शीतलपाटीन्युज डटकम | १९ माघ २०८२, सोमबार १५:१३

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ।परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरेको छ। माननीय परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २ गतेसम्म (मार्च १४–१६, २०२६) नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उक्त समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

सम्मेलनलाई सफल,प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै उच्चस्तरीय समिति गठन गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले जानकारी दिए।

उक्त समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव,अर्थ मन्त्रालयका सचिव,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव,कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव,नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत,श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव,आर्थिक कूटनीति महाशाखाका सह–सचिव,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल,नेपाल उद्योग परिसंघका अध्यक्ष,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष,एनआरएनएका अध्यक्षद्वय डा.बद्री केसी र महेश कुमार श्रेष्ठ,गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलगायत रहेका छन्।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपाल सरकार र संघले संयुक्त रूपमा आयोजना गर्दै आएको परम्परा रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ