समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

२०औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमेले जिते

  शीतलपाटीन्युज डटकम | ३ फाल्गुन २०८२, आईतवार ०६:१८

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरामा शनिबार सम्पन्न ४२.१९५ किलोमिटर म्याराथन अन्तर्गत २०औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन डौडको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमेले जितेका छन्। उनले निर्धारित दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै नगद ४ लाख रुपैयाँ र मेडल प्राप्त गर्न सफल भए।

सो प्रतियोगितामा गजेन्द्र राई २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भै नगद २ लाख तथा मेडल,हरिकुमार रिमाल २ घण्टा २७ मिनेट १८ सेकेण्ड समयमा दौड पुरा गर्दै तेस्रो भै नगद १ लाख र मेडल प्राप्त गर्न सफल भएका छन्।

नेपाल क्याटगोरीतर्फ गजेन्द्र राई प्रथम भए भने हरिकुमार रिमाल दोस्रो र करण रावल तेस्रो बन्न सफल भयका थिय। उनीहरुले क्रमश नगद रु १ लाख,५० हजार र २५ हजार नगद पुरस्कार हात पारेका थिय । गण्डकी प्रदेशतर्फ सुवास गुरुङ प्रथम,निरोज भट्ट दोस्रो र धनु मानन्धर तेस्रो भए। उनीहरूले क्रमशः ५० हजार,३० हजार र २० हजार नगद प्राप्त गरेका थिय। त्यस्तैगरी ४५ वर्षमाथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल प्रथम, सुशीलकुमार श्रेष्ठ दोस्रो र चेतनाथ चालिसे तेस्रो भए। उनीहरूले क्रमशः २५ हजार,१५ हजार र १० हजार नगद पाए ।

२१ किलोमिटर हाफ म्याराथन पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम, नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तेस्रो भए। महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम,निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए । दुवै विधामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार नगद पाएका छन्। हाफ म्याराथनकै ४५ वर्षमाथिको भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम,तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो भए।

१० किलोमिटर पुरुष दौडमा नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो बने। महिलातर्फ दीपा परियार प्रथम,सुमित्रा कुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तेस्रो भइन्। उनीहरूले क्रमशः ३० हजार,२० हजार र १० हजार नगद प्राप्त गरे। ५ किलोमिटर छात्रतर्फ रोसनकुमार माझी प्रथम, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तेस्रो भए । छात्रातर्फ एञ्जिला जिटी प्रथम,साधना परियार दोस्रो र अनुषा बुढा तेस्रो भए।

५ किलोमिटर खुल्ला पुरुषतर्फ सन्तोषनाथ योगी प्रथम, बादल कार्की दोस्रो र तुलबहादुर झेण्डी तेस्रो भए । महिलातर्फ टीका खड्का प्रथम,दृष्टि आले दोस्रो र पूर्णकाशी गुरुङ तेस्रो भए। ५० वर्षमाथिको पुरुषतर्फ राजु भण्डारी प्रथम,किशोर थापा दोस्रो र आईलाल शाही तेस्रो हुँदा महिलातर्फ टोलमाया थापा प्रथम, जगनसुबा गुरुङ दोस्रो र विष्णु ठकुरी तेस्रो भए।

५ किलोमिटर कर्पोरेट पुरुषतर्फ सुशन थापा प्रथम,दीवेश रिजाल दोस्रो र राजु गुरुङ तेस्रो हुँदा महिलातर्फ पवित्रा सुवेदी प्रथम,खड्कदेवी बास्तोला दोस्रो र विनुता पाण्डे तेस्रो भए। ५ किमि र भेट्रानतर्फ विजेता हुने प्रथम,दोस्रो र तेस्रो हुनेले जनही क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ