समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’ सुरु हुँदै,१४ टिमले भाग लिने

  शीतलपाटीन्युज डटकम | ६ फाल्गुन २०८२, बुधबार १६:२३

GNNNEWS-
लन्डन – ए स्टार फाइनान्सियल सलुशन्स युके तथा ए स्टार मोर्गेजेज युकेसंगको सहकार्यमा नेपाल बास्केटबल यूकेले आयोजना गर्न लागेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी १५ मार्चदेखि सुरु हुने भएको छ। आयोजकका अनुसार लिगको फाइनल खेल ४ जुलाई २०२६ मा सम्पन्न हुनेछ। यस वर्षको प्रतियोगिता विशेष रूपमा समावेशी र व्यापक बनाइएको छ।

यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन्। लिग चरणपछि क्वार्टर–फाइनल, सेमिफाइनल र फाइनल खेलहरू आयोजना गरिनेछ। महिलातर्फ भने ‘होम एण्ड अवे’ प्रणालीअनुसार प्रत्येक टिमले २–२ खेल खेल्नेछन् र त्यसपछि फाइनल खेल हुनेछ। लिगदेखि सेमिफाइनलसम्मका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन गरिनेछन् भने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलमार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता सुदृढ गर्नु रहेको बताए। उक्त लिग आयोजना गर्न विमेन्स बलर्स क्लब (डब्लुबीसी) संग पनि सहकार्य भै रहेको गुरुङले जनाए। उनले प्रमुख प्रायोजक ए स्टार लगायत सबै प्रायोजकहरुलाई धन्यवाद पनि दिए।

नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले हरेक आइतबार पांच ओटा गेम संचालन हुने,टप आठ ओटा टोली नक आउटमा पुग्ने र त्यस पछि क्वार्टर फाइनल, सेमी फ़ाइनल्स र फाइनल प्रतियोगिता हुने जनाए। सुरुमा पहिलो वर्ष लिग आयोजना गर्दा केही कठिनाइ व्यहोर्नु परेको तर अहिले समुदायको सहयोग र युवाहरुको उत्साहले गर्दा प्रतियोगिता लोकप्रिय हुँदै गएको उनले जनाए। उनले गत जनवरी महिनामा नेपाल बास्केटबल यूकेले अन्डर २३ टुर्नामेन्ट आयोजना गरेको र उक्त प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका युवाहरुको सहभागिताबाट आफुहरु निकै उत्साहित भएको बताए।

लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर काउन्सिलर बिष्णु गुरुङले युवाहरु लागू पदार्थ दुर्व्यसन तथा हिंसात्मक बाटोमा नलागुन् भनेर स्थानीय काउन्सिलहरुले पनि खेलकुद जस्ता गतिविधिलाई सघाउँदै आएको बताए। उनले खेलकुदले युवाहरुको शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न सघाउ पुग्ने बताउँदै बेलायतमा नेपाली युवाहरुलाई समेटेर प्रतियोगिता संचालन गरेकोमा नेपाल बास्केटबल लिग र ए स्टार समूहलाई बधाई दिए। उनले यस्ता रचनात्मक कामलाई सघाउन सबैलाई आग्रह पनि गरे।

ए स्टार फाइनान्सियल सलुशन्सका मोर्गेज तथा प्रोटेक्शन एडभाइजर कुमार गुरुङले सन् २०११ मा स्थापना भएदेखि नै यो कम्पनीले बेलायतमा बसोबास गर्ने नेपाली लगायत अन्य समुदायलाई मोर्गेज,रियल एस्टेट,बिमा,विल लगायतका सेवाहरु प्रदान गर्दै आएको बताए। उनले बेलायतस्थित नेपाली समुदायद्वारा आयोजित रचनात्मक काममा कम्पनीले सक्दो सहयोग गर्दै आएको पनि जनाए।

सुरुदेखि नै लिगको प्रमुख प्रायोजक रहँदै आएको ए स्टार फाइनान्सियल सलुशन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले बेलायतमा रहेका नेपाली युवायुवतीका लागि एक प्लेटफर्म सृजना गरी बास्केटबलमार्फत उनीहरुको व्यक्तित्व विकासमा सघाउने उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए । युवाहरुलाई प्रोत्साहन गर्ने कार्यमा ए स्टारले निरन्तर सहयोग पुर्याउदै आएको पनि दर्लामीले जनाए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ