समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

साहारा क्लब पोखरा “२५औ संस्करणको आहारारा पोखरा गोल्डकप”को फाइनलमा

  शीतलपाटीन्युज डटकम | ७ फाल्गुन २०८२, बिहीबार ०५:५९

शीतलपाटीन्युज डटकम।
पोखरा। साहारा क्लबद्वारा संचालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय २५औ संस्करणको आहा रारा पोखरा गोल्डकपमा साहारा पोखरा टीम फाइनलमा पुगेको छ। पोखरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटक च्याम्पियन भएको मनाङ मस्र्याङदी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा क्लव फाइनलमा पुगेको हो।

Screenshot

दुबै टीमको रोमान्चक भिडन्तमा खेलको नियमित ९० मिनेट र अतिरिक्त थप समय ३० मिनेटको समयमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पाँच पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो।
मनाङका कप्तान सविन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि आहा राराको फाइनलमा पुग्न सफल भएको हो। साहारा क्लवले पेनाल्टीमा ७ गोल गरेको र मनाड्ग मर्स्यादीले १ गोल गुमाई ६ गोल गरेको थियो।

ट्राइब्रेकरमा सहाराका कप्तान सुशील लामा,विक्की चामलिङ राई,आशिष गुरुङ,मुकुन्दकुमार न्यूरे,शिसश थापा,विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरेका थिए।

यसैगरी मनाङका अशिष श्रेष्ठ,गिदोन नोआ क्यारेमेह, रोनिश राजवक,दीपेश गुरुङ,ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे। साहारा क्लव विसं २०७३ मा फाइनल पुगेको थियो । त्यसबेला फाइनलमा मनाङसँगै सहारा पराजित भएको थियो। त्यसपछि सहारा फाइनल पुग्न सकेको थिएन।

प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा बिहीबार जावलाखेल युथ क्लब र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबकाबीच फाइनलका लागि प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही फागुन ९ गते शनिबार हुनेछ।प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले घोषणा गरेको छ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने र अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ