समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

साहारा क्लवले १२ वर्षपछि चुम्यो आहा! रारा गोल्डकपको उपाधि

  शीतलपाटीन्युज डटकम | १० फाल्गुन २०८२, आईतवार ०६:५१

शीतलपाटीन्युज डटकम।
पोखरा। २५औँ आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली सहारा क्लब पोखराले जितेको छ।शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा सहाराले बिगतको बिजयी प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै १२ वर्षपछि पोखरेली मैदानमा ऐतिहासिक सफलता हात पारेको हो।

खेलमा उत्कृष्ट गोल स्कोरर–पापा आइवौ केवे प्लानिङ ब्वाइज युनाइटेड ३ गोल,वेष्ट गोलकिपर–टिकेन्द्र थापा सहारा क्लब पोखरा,वेष्ट डिफेन्डर–डाए डानियल सहारा क्लब पोखरा,
वेष्ट मिडफिल्डर–बौबोकार शिसोको जावलाखेल युथ क्लब,बेष्ट फवार्ड–धरवेन्द्र कुँवर जावालाखेल युथ क्लब,वेष्ट कोच–सुनिल राना मगर सहारा क्लब पोखरा,फेयर प्ले टिम–आभा एफसी उज्बेकिस्तान,वर्ष उदियमान खेलाडी–मुकुन्द कुमार निउरे सहारा क्लब पोखरा भएका थिए भने उत्कृष्ट हुने सबै खेलाडीले जनही नगद रु २५ हजारका साथमा ट्रफी तथा मेडल प्राप्त गरेका थिए।


प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेन्टको उपाधि सहारा क्लब पोखराका मुकुन्द कुमार निउरे घोषित भए। उनले टेलजीको स्कुटरका साथमा ट्रफी प्राप्त गरे।

खेलको पहिलो गोल पहिलो हाफको २५औँ मिनेटमा भएको थियो भने सुसिल लामाले लिएको कर्नर किकलाई मुकुन्द कुमार निउरेले फ्लिक हेडरमार्फत जाली चुमाउँदै सहारालाई अग्रता दिलाएका थिए। पहिलो हाफ समयमा १–० हुदै जीतको अवस्था अगाडी बढ्दै गर्दा दोस्रो हाफको ७३औँ मिनेटमा सहाराले अर्को गोल थप्दै आफ्नो अग्रतालाई अझ दोब्बर बनाएर गोल थप्यो। गोल सुसिल लामाको फ्रि–किकमा डाए डेनिएल बादारुले सशक्त हेडीड्ह गर्दै गोल गरेर टोलीको जित सुनिश्चित बनाए।


जीतको उपाधिसँगै साहारा क्लबले नगद १४ लाख एक रुपैयाँ नगद पुरुष्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेर खुसी ब्यक्त गर्यो।

आहा रारा गोल्डकप खेलको उपविजेता जावलाखेल युथ क्लवले खेलमा दोश्रा भै ७ लाख १ हजार नगद रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो।

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित कुल १२ टिमको सहभागिता रहेको सो २५औ संस्करणको आहा रारा गोल्डकप १२ वर्षपछि पोखरा खेल मैदानमा उपाधि उचाल्दै सहारा क्लबले पोखरेलीहरु ऐतिहासिक खुसी दिएको फुटवलका पारखी दर्शक र शुभचिन्तकहरुले बताएका छन।

साहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा भएको सो आहा रारा पोखरा गोल्डकप २०८२ को खेलको युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापा,साहारा क्लवका संरक्षक अरुण चौधरी,साहारा पोखराका फाउन्डर प्रेसीडेन्ट बिक्रम थकाली एवम पुर्व अध्यक्षहरु,साहारा युकेका फाउन्डर प्रेसीडेन्ट नविन गुरुड्ग एवम पुर्व अध्यक्षहरु,साहारा हंगकंगका पुर्व अध्यक्ष दिपक गुरुड्ग,साहारा अष्ट्रेलियाका अध्यक्ष लगायत साहारा क्लवका सदस्य एवम पदाधिकारीहरु,फोटो पत्रकारहरुको उपस्थितीमा फुटवल खेल भब्य र शान्तपुर्ण सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ