समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

आईसीसीका वर्तमान उपाध्यक्षद्वय डा.हेमराज शर्मा र रोजिना प्रधान राईको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका अवसरमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न

  शीतलपाटीन्युज डटकम | ११ फाल्गुन २०८२, सोमबार ०५:०९

शीतलपाटीन्युज डटकम।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को यही मार्च १४,१५ र १६ गते नेपालमा आयोजना हुन गइरहेको महाधिवेशनको सन्दर्भमा आईसीसीका वर्तमान उपाध्यक्षद्वय डा.हेमराज शर्मा र रोजिना प्रधान राईको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका अवसरमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएई तथा नेपाल एसोसियसन (एनआरएनए–यूएई) को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम आईसीसी उपाध्यक्ष डा.हेमराज शर्माको प्रमुख आतिथ्यमा आयोजित भएको थियो। कार्यक्रमको अध्यक्षता एनआरएनए–एनसीसी यूएईका अध्यक्ष टकबहादुर गुरुङले गरेका थिए भने नेपाल एसोसियसन (एनआरएनए–यूएई) का महासचिव कुमार श्रेष्ठले सञ्चालन गरेका थिए।

कार्यक्रममा एनआरएनए–एनसीसी यूएईका सचिव सुमन भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना व्यक्त गर्नेहरूमा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटा,नेपाली बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, पत्रकार निमेश गिरी,महिला समाज यूएईकी अध्यक्ष सबिता नेपाल,प्रवासी नेपाली मञ्चका अध्यक्ष बाबुराम सापकोटा, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष लक्ष्मण खनाल,नेपाल एसोसियसनका सल्लाहकार बाबुराम विश्वकर्मा तथा एनआरएनए–आईसीसी सदस्य दीपक खड्का लगायत रहेका थिए।

कार्यक्रमका प्रमुख वक्ता आईसीसी उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी डा.हेमराज शर्मा र वर्तमान महिला उपाध्यक्ष तथा उपाध्यक्ष पदकी प्रत्याशी रोजिना प्रधान राईले एनआरएनएको वर्तमान अवस्था,चुनौती तथा भावी योजनाबारे धारणा राखेका थिए।

आयोजक संस्थाले कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरेको छ।

– सुमन भण्डारी

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ