समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

फ्री-भिसा र फ्री-टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्छ : ओली 

  शीतलपाटीन्युज डटकम | २ कार्तिक २०७९, बुधबार १६:२४

झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावका बेला फ्री–भिसा र फ्री–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्।

आज (बुधबार) झापाको धुलाबारीमा नेकपा (एमाले) र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले माधव नेपालले फ्री–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाएका हुन्।

यसै गरी बारा–४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्री–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारबाही गर्नुपर्ने उनले धारणा राखे।  सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताए। देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ