समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

उज्यालो पार्टीका उम्मेदवार कुशल गुरुड्ग कास्की २ बाट आफ्नो एजेन्डाका कारण जित्नेमा ढुक्क

  शीतलपाटीन्युज डटकम | १७ फाल्गुन २०८२, आईतवार १५:२०

शीतलपाटीन्युज डटकम।
पोखरा। समस्या मात्र होइन, हामीसँग प्राविधिक समाधान पनि छ भन्दै कास्की क्षेत्र नंबर २ का उज्यालो पार्टीका युवा उमेदवार कुशल गुरुड्ग आफु बिजयी हुने कुरामा ढुक्क रहेको बताउनु भएको छ।

“ अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चिनाउने आफु विज्ञ भएको,अब हाम्रै आफ्नै देश र समाज बनाउने अभियानमा अन्धकार चिर्ने ‘बत्ती’ 💡 र उज्यालो भविष्यको संकल्प बोक्दै म प्रतिनिधीसभा सदस्य उमेदवार बनेको र समृद्धिका लागि नयाँ सोच,उज्यालो भविष्यका लागि हाम्रो अठोट भएकोले अव भोट ‘बत्ती’💡🇳🇵मा दिएर जनताले खोजेको सम्बृधी ल्याउन सहयोगको अपिल गरेका छन्।

स्थानिय स्तरमा पोखरा एअरपोर्टको बिकास,पोखरामा पर्यटनको बिकास, खेलकुदको बिकास,पोखराको फोहोर मैलाको सही ब्यवस्थापन गर्दै कृषी सम्बन्धी उत्पादन गरी आत्मनिर्भरतामा फोकस गर्ने आफ्नो उदेश्य रहेको कुरा घरदैलो कार्यक्रममा गुरुड्गले स्पष्ट पारेका छन।

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसीड्गले यस पुर्व नेपालमा भएको लोडसेडिड्गलाई कम गरी उज्यालो नेपाल बनाउन सफल भयकोमा स्याबासी पाएका छन भने अब 🇳🇵 देश बनाउने जिम्मा हाम्रो हातमा छ। अब परिवर्तनको समय आएको छ। हामीले निर्णय गर्नुपर्ने बेला आएको छ भन्दै के हामी फेरि पुरानै बाटो रोज्ने? भनेका छन।

अब इमानदार,कर्मशील र परिणाममुखी भएर हाम्रो नेतृत्वलाई अगाडि ल्याउन उज्यालोका पिता कुलमान घिसिङले ऊर्जा क्षेत्रमा गरेर देखाउनुभयो। अन्धकारमा डुबेको देशलाई उज्यालो दिनुभयो।
कुलमानले प्रमाणित गर्नुभयो कि इमानदारी,क्षमता र दृढ इच्छाशक्ति भए देश बदल्न सकिन्छ। त्यस कुरालाई आत्मसाथ गर्दै अब सबैले साथ दियौं भने नेपाल बन्ने छ।

यसो भयो भने अब-
✅ युवाले स्वदेशमै रोजगारी पाउनेछन्,
✅ उद्योगधन्दा फस्टाउनेछ,
✅ भ्रष्टाचार घट्नेछ,
✅ देश आत्मनिर्भर बन्दै जानेछ।

हाम्रो भोट,हाम्रो आवाज र हाम्रो समर्थनले नै देश बनाउने ठाउँमा पुग्न सक्छ। आउनुहोस्,एकपटक इमानदार नेतृत्वलाई अवसर दिऔं भन्ने अपिल गर्दै बिदेशमा पढेर,ज्ञान हासिल गरेर नेपालको बिकास गर्न उमेदवार बनेकोले आफुले जित्ने र नेपालको बिकाश र नेपालीलाई आत्म निर्भर बनाउने बताउनु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ