समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

एनआरएनए निर्वाचन : भोलिदेखि मनोनयन,तालिका हेरफेर नहुने

  शीतलपाटीन्युज डटकम | २१ फाल्गुन २०८२, बिहीबार ०९:५९

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि भोलि (शुक्रबार) देखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुने भएको छ। प्रमुख निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेजबहादुर कार्कीका अनुसार निर्वाचन समितिले प्रारम्भिक मतदाता नामावलीमाथि परेका उजुरीहरूको छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। छानबिनपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

निर्वाचन समितिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा अन्तिम मतदाता नामावली प्रकाशनमा एक दिन ढिलाइ हुन सक्ने भए पनि यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ।

उम्मेदवार बन्न इच्छुकहरूले मार्च ६ देखि १० तारिखसम्म अनलाइन माध्यमबाट वा भौतिक रूपमा उपस्थित भई उम्मेदवारी दर्ता गर्न सक्नेछन्। तर उम्मेदवारले आफ्नो हस्ताक्षर सनाखतका लागि अनिवार्य रूपमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
एनआरएनएको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुँदैछ। नयाँ नेतृत्व चयनका लागि हुने उक्त महाधिवेशनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। हाल महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी रहेको छ।

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ