समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सामाजिक सञ्जालमा भ्रामक सामग्रीप्रति सजग रहन प्रहरीको अनुरोध

  शीतलपाटीन्युज डटकम | २५ फाल्गुन २०८२, सोमबार १२:३०

शीतलपाटीन्युज डटकम।
काठमाडौं। काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेको छ।

सो घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भ्रामक फोटो,भिडियो तथा अन्य सूचना तथा एआई सिर्जित श्रव्य–दृश्य सामग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंको संज्ञानमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रवक्ता भट्टराईका अनुसार अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण गर्ने कार्य पुनः अनुसन्धानको विषय बन्न सक्ने भएकाले यसप्रति सजग रहन सबैलाई अनुरोध गरिएको छ।

साथै,सामाजिक सञ्जाल प्रयोग गर्दा सार्वजनिक जबाफदेहिता पालन गर्ने मानविय कर्तव्य पूरा गर्न सबैसँग हार्दिक अनुरोध गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकहरूलाई कानुन पालन गर्ने र गलत सूचना फैलाउनबाट बच्ने चेतावनी समेत दिएको छ।
(अनलाईनपानाबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ