समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

एनआरएनए आगामी निर्वाचनमा सह–कोषाध्यक्ष पदमा ललित कुमार न्यौपानेको उम्मेदवारी

  शीतलपाटीन्युज डटकम | २७ फाल्गुन २०८२, बुधबार ०३:०९

शीतलपाटीन्युज डटकम।
दुबई — गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को मार्च १४–१६ मा आयोजना हुने १२औँ बृहत् एकता महाधिवेशनका अवसरमा “संस्थाको आत्मनिर्भरता, पारदर्शिता र एकता – समृद्ध नेपाली समाज आजको आवश्यकता” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै व्यवसायी तथा समाजसेवी ललित कुमार न्यौपाने ले सह–कोषाध्यक्ष (Joint Treasurer) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

लामो समयदेखि लण्डन र दुबईमा बसोबास गर्दै नेपाली समुदायको हित,एकता तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका न्यौपानेले NRNA लाई अझ पारदर्शी,जिम्मेवार,आत्मनिर्भर र प्रभावकारी संस्थाका रूपमा एकताबद्ध गर्दै अगाडि बढाउने लक्ष्यसहित उम्मेदवारी दिने बताएका छन्।

न्यौपाने विगत १५ वर्षदेखि NRNA संस्थामा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। उनले NRNA UK का केन्द्रीय सदस्य (2013–2015),सह–कोषाध्यक्ष तथा व्यवसाय विभाग प्रमुख (2015–2017),उपाध्यक्ष तथा राज्य समितिको संयोजक (2017–2019),ICC सदस्य (2019–2021) तथा युरोप क्षेत्रीय डेपुटी कोअर्डिनेटर (DRC) (2021–2023) जस्ता महत्वपूर्ण जिम्मेवारी बहन गर्नु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ