समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

एनआरएनए अध्यक्षमा तीन जनाको उम्मेदवारी (केही पद निर्विरोध)

  शीतलपाटीन्युज डटकम | २८ फाल्गुन २०८२, बिहीबार ०८:०१

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ।

आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा डा.हेमराज शर्मा (यूके),रविन बज्राचार्य (अमेरिका) र रविन शेरचन (जापान) ले उम्मेदवारी दिएका छन।

६ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा टिका गुरुङ निर्विरोध भएकी छन्।

महासचिव पदका लागि डा. चिरञ्जीवी खड्का र रामशरण सिम्खडाले उम्मेदवारी दिएका छन्। दुई उपमहासचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने छ सचिव पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। महिला सचिवमा कञ्चन थापा निर्विरोध भएकी छन्।

कोषाध्यक्ष पदका लागि कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरेले उम्मेदवारी दिएका छन्। तीन सहकोषाध्यक्ष पदका लागि भने दुई जनाको मात्र उम्मेदवारी परेको छ। महिला सहकोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध भएकी छन्।

महिला संयोजक पदका लागि परसुना कँडेल र रश्मी थापाले उम्मेदवारी दिएका छन्। युवा संयोजकमा नवीन न्यौरे र दीपेश खत्रीको उम्मेदवारी परेको छ।

क्षेत्रीय संयोजकतर्फ अफ्रिका क्षेत्रबाट मनोज बिक र भुवन खरेल निर्विरोध भएका छन्। एसिया क्षेत्रको एक संयोजक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने युरोप संयोजकमा रोबर्ट लिम्बु निर्विरोध भएका छन्। मध्यपूर्व संयोजक पदमा दुई जनाको उम्मेदवारी परेको छ।

ओशियाना क्षेत्र संयोजकमा रमेश जोशी निर्विरोध भएका छन्। दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्विरोध भएकी छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ