समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण अल्डरशटमा सुरु

  शीतलपाटीन्युज डटकम | ५ चैत्र २०८२, बिहीबार ०९:०६

GnNNEWS-
लन्डन – ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु भएको छ। अल्डरशटस्थित ग्यारिसन स्पोर्ट्स सेन्टर, रावलिन्सन रोडमा आयोजित खेलमा पाँच टोलीले सहभागिता जनाएका थिए।

लिगअन्तर्गत पहिलो खेल ह्याम्पशायर हूपर्स र ग्रीनफोर्ड नाइट्सबीच भएको थियो भने दोस्रो खेल कोलचेस्टर एलिट्स र स्यान्डहर्स्ट निक्सबीच भएको थियो।

यसैगरी तेस्रो खेल डीबीएस र ग्रीनफोर्ड रोभर्सबीच सम्पन्न भयो भने चौथो खेल बेजीङस्टोक माम्बास र साउथ आशफोर्ड वुल्भ्सबीच खेलिएको थियो।

पाँचौँ खेल हिमालयन हीट र बलर स्ल्यामर्सबीच भएको थियो।

यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन्। लिग चरणपछि क्वार्टर–फाइनल,सेमिफाइनल र फाइनल खेलहरू आयोजना गरिनेछ। महिलातर्फ भने ‘होम एण्ड अवे’ प्रणालीअनुसार प्रत्येक टिमले २–२ खेल खेल्नेछन् र त्यसपछि फाइनल खेल हुने नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले बताए।

उक्त लिग आयोजना गर्न विमेन्स बलर्स क्लब (डब्लुबीसी) संग पनि सहकार्य भै रहेको गुरुङले जनाए। उनले प्रमुख प्रायोजक ए स्टार लगायत सबै प्रायोजकहरुलाई धन्यवाद पनि दिए।

लिगदेखि सेमिफाइनलसम्मका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन गरिनेछन् भने ४ जुलाई २०२६ मा सम्पन्न हुने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ