समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगितामा-पिएन क्याम्पसको टोली प्रथम

  शीतलपाटीन्युज डटकम | ८ चैत्र २०८२, आईतवार ०६:३८

शीतलपाटीन्युज डटकम।
पोखरा। नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता शनिबार सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्डको अगुवाईमा स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड,एमबान,एसबान,इक्रा नेपाल, केयर रेटिङ नेपाल,नविल स्टक डिलर,नागरिक स्टक डिलर र एनटिएचएमसिको पोखरा आयोजनामा दुई दिने कार्यक्रम सम्पन्न भएको हो।

पहिलो दिन चैत ६ गते वित्तिय साक्षरतासम्वन्धी सेमिनार तथा श्रव्य प्रस्तुति र प्यानल डिस्कसनका कार्यक्रम गरिएको थियो ।
शनिबार एनटिएचएमसिमा गरिएको क्यापिटल मार्केट क्विज प्रतियोगितामा पोखराको पृथ्वीनारायण क्यम्पसको मानव पोखरेल र किस्मत पौडेलको टोली प्रथम भएको छ । उक्त टोलीले रुपैयाँ ६० हजार नगर पुरस्कार पाउन सफल भयाे ।

फस्ट रनर अप चितवनको प्रेसिडेन्सि कलेज अफ म्यानेजमेन्टको सन्तोष भट्टराई र विजय अधिकारीको टोली भएको छ । टोलीले रुपैयाँ ४० हजार पाउन सफल भएको छ । सेकेण्ड रनर अप पोखराको त्रिवेणी इन्टरनेशनल कलेजको विनय रिमाल र सागर तिवारीको टोली भएको छ । टोलीले नगद रुपैयाँ ३० हजार प्राप्त गरेको छ ।

युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा आयोजना गरिएको कार्यक्रममा ३५ कलेजका ७० जना विद्यार्थी तथा ३७ टोलीले भाग लिएका थिए । विजेतालाई विशेष अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम पगेनी,मधेश विश्व विद्यालयका भिसि प्राेफेसर डा दीपक शाक्य र सेबाेनका कार्यकारी निर्देशक डा नवराज अधिकारीले पुरस्कार प्रदान गरे।

समाराेहमा बेल्दै विशेष अतिथि पगेनीले सहभागी विद्यार्थी र विजेताहरूलाई वधाइ दिए। उनले युवा अवस्थादेखि नै पुँजी बजार र वित्तीय प्रणालीबारे ज्ञान राख्नु वर्तमान समयको आवश्यकता भएको बताए। विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई सानै उमेरदेखि बचत गर्ने र त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने बानी बसाल्न आग्रह गरे। पुँजी बजारमा छिर्नुअघि बजारको जोखिम र अवसरहरूलाई राम्ररी बुझ्न जरुरी रहेको र यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सचेतना जगाउन मद्दत पुग्ने उनको धारणा थियो। उनले विजेताहरूलाई बधाई दिँदै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न र समाजमा वित्तीय साक्षरता फैलाउने दूतको रूपमा काम गर्न प्रोत्साहन गरे।

समापन समाराेहमा कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले कार्यक्रममा उत्साहका साथ सहभागि हुने सबै कलेज र विद्यार्थीहरुलाई आभार व्यक्त गरे। उनले नेपाल धितोपत्र बोर्डले विभिन्न वित्तिय संस्थाहरुसंगको सहकार्यसंगै गण्डकी प्रदेशकाे पाेखरामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेजलाई होष्ट कलेजको रुपमा रोजेकोमा आभार व्यक्त गरे।

रेग्मीले स्मार्ट मनि टक्सका, स्मार्ट वित्तिय कार्यका लागि स्मार्ट योङ्ग इन्भेष्टरको खाँचो भएको र यसका लागि स्मार्ट योङ्गस्टरहरु आईसकेको पनि बताए। उनले आर्थिक समृद्धिका लागि उमेरले फरक नपार्ने भएकोले युवाहरुलाई अग्रसर गराउन आवश्यक भएकोमा जोड दिए। क्विज मात्रै नभएर ३५ लेजका विद्यार्थीले वित्तिय क्षेत्रका कुराहरु सिक्न पाएको खुसीको सन्देश प्रवाह भएको बताए । प्रिन्सिपल रेग्मीले अब छिट्टै इन्कुवेशन सेन्टर खोल्न लागेको जानकारी दिदैं विजनेस आईडियाहरुलाई रियल लाईफमा उतार्न सहयोगिको भूमिका निर्वाह गर्न आत्तुर रहेको बताउँदै सहभागि र विजेताहरुलाई आभार,वधाई तथा धन्यवाद व्यक्त गरे।

सेबोनका कार्यकारी निर्देशक डा नवराज अधिकारी,कार्यक्रमका सहयोगि संस्थाहरु,बेटा एनालाईटिक्सका संजिव घिमिरे र विक्रम चित्रकार लगायत सबैलाई कलेज प्रशासन तथा विद्यार्थीले कार्यक्रम सफलतासाथ सम्पन्न गरेको र आगामी दिनमा पनि यस्तै सहकार्यमा रहने अपेक्षा व्यक्त गर्दै वधाई ज्ञापन गरे।
फाेटाे-किरण भुजेल
(आरजू विष्ट सल्यानी)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ