समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

रास्वपा संसदीय दलको नेता चुनिए बालेन

  शीतलपाटीन्युज डटकम | १२ चैत्र २०८२, बिहीबार १७:३४

शीतलपाटीन्युज डटकम।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन भएका छन्। बिहीबार साँझ सम्पन्न पार्टी संसदीय दलको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो।

त्यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई दलको नेता चयन गर्ने सर्वसम्मत निर्णय गरेको थियो। त्यसपश्चात बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

बालेन दलको नेता चयन भएसँगै धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री बन्ने बाटो पनि खुलेको छ। उनले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति तथा संसदीय दलको नेताको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिद्वारा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ‚’ झाले भने।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ