समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

  शीतलपाटीन्युज डटकम | १४ चैत्र २०८२, शनिबार १०:२१

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै उनीहरूलाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मन्त्रिपरिषद्को निर्णय र कागजातसहित राति नै शुक्रबार राति नै निवासबाटै उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौँको नयाँ बानेश्वरमा भदौ २३ गते भएको गोलीकान्डमा ओली र लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोलीले दोषी ठहर गरेको हो ।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको सरकारले तत्कालै आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ।

ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन् ।‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले फेसबुकमा लेखेका छन्,। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

उनले अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ