समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

एनएलडिसी पुरस्कार हरिशरण लामीछाने,गुञ्जदाश श्रेष्ठ र सन्तोषी सिहंलाई

  शीतलपाटीन्युज डटकम | १५ चैत्र २०८२, आईतवार ०५:५५

शीतलपाटीन्युज डटकम।
लण्डन।नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एन एल डि सी पुरस्कार रेडियो नेपालका पूर्व समाचार वाचक वरिष्ठ पत्रकार हरिशरण लामीछानेलाई(नेपालमा) र श्री जानकी माता धार्मिक संघ कोलकोत्ता भारतका अध्यक्ष साहित्यकार गुञ्जदाश श्रेष्ठ र साँस्कृतिक प्रमुख कलाकार संतोषी सिंहलाई प्रदान गर्ने निर्णय गरिएको छ।


हरिशरण लामीछाने

परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लद्वारा जारी गरिएको परिषद्को विज्ञप्तिमा जनाइए अनुसार तीन दशक भन्दा बढि समय अविछिन्नरूपमा रेडियो नेपालको वरिष्ठ समाचार वाचक रहनुभई नेपालको सञ्चार क्षेत्रमा पुर्याउनु भएको गहन योगदान र नेपाली साहित्य विकास परिषद् यूके को नेपाल च्यापटरमा संस्थापनाकाल देखि तीन कार्यकाल महासचिव र सल्लाहकार रहनु भई नेपाली भाषा र साहित्यको श्रीबृद्धि गर्नमा प्रशंसनीय योगदान पुर् याउनु भएकोमा उच्चतम कदर गर्दै वरिष्ठ पत्रकार तथा परिषद्का सल्लाहकार हरिशरण लामीछानेलाई पाँच तोला सुद्ध चाँदी र स्वर्ण लिपिमा बनेको एनएलडिसी साहित्य सञ्चार-पुरस्कार पदक ( नगद लिन चाहेमा नेपाली रूपियाँ ५० हजार) द्वारा सम्मानित गरिएको छ। हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यस अघि बिबिसी नेपाली सेवाका पूर्व प्रमुख तथा परिषद्का पूर्व अध्यक्ष खगेन्द्र नेपाली,परिषद्का पूर्व अध्यक्ष साहित्यकार हरिसिंह थापा,बेलायतका लागि कान्तिपुरका सम्वादात तथा पत्रकार महासंघ वेलायतका संस्थापक अध्यक्ष पत्रकार नवीन पोखरेल र भिजन संसारका पत्रकार अभिमन्यु वैरागलाई प्रदान गरिएको थियो।

गुन्जदाश श्रेष्ठ

यसैगरी कोलकोत्ता भारतमा रहेर नेपाली साहित्यका विविध गतिविधि र साहित्यिक पत्रिकाको प्रकाशन,नेपाली गीत सङ्गीतको संयोजन तथा गीत एल्वम् प्रकाशन र साथै नेपाली साहित्य विकास परिषद् यूके का साहित्यिक कार्यक्रमहरूमा सक्रियरूपले सहभागिता राखि नेपाली भाषा साहित्य,संस्कृति र गीतसङ्गीतको संरक्षण र सम्बर्धनमा प्रशंसनीय योगदान पुर् याउनु भएकोमा उच्चतम कदर गर्दै श्री जानकी माता धार्मिक संघ कोल्कोत्ता भारतका अध्यक्ष सर्जक गुञ्जदाश श्रेष्ठ र साँस्कृतिक प्रमुख कलाकार सन्तोषी सिंहलाई नेपाली साहित्य विकास परिषद् यूके को मानार्थ आजीवन सदस्यता प्रदान गर्नुका साथै एनएलडिसी नेपाली साहित्य-कला पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपिया २० हजार) द्वारा सम्मानित गरिएको छ। यो पुरस्कार यसअघि लन्डनका कलाकारहरू डम्वर सुव्वा र प्रमोद शर्मालाई प्रदान गरिएको थियो।

संतोषी सिह

नेपाली भाषा,साहित्य,कला र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर् याउने सर्जक,कलाकार र पत्रकारहरूलाई प्रदान गरिने यो पुरस्कार वरिष्ठ कवि श्री कोमलप्रसाद श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्लद्वारा आ-आफ्ना बाबु आमाका नाममा सिर्जना र सेवाका लागि संन २०११ मा नेपाली साहित्य विकास परिषद् यूकेमा स्थापना गरिएको हो।

नेपाली साहित्य विकास परिषद् यूके को स्थापना सन् 1995 मा वरिष्ठ साहित्यकार सुरेशजङग शाहद्वारा लन्डनमा गरिएको थियो । परिषद्को स्थापना काल देखि नै परिषदमा एनएलडिसी गोल्ड मेडल,एनएलडिसी साहित्य,कला र पत्रकारिता लगायतका विभिन्न १५ वटा पुरस्कारहरू स्थापित गरी वितरण हुँदै आएका छन् र साहित्यिक पुस्तकहरू र लालीगुराँस साहित्यिक पत्रिकाको प्रकाशन लगायत नियमित विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएको छ। परिषद्को नेपालमा पनि च्याप्टर खोलिएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ